148. Gurung Buddhism, Lifestyle, Ritual and Sutra.

148. जन्मदेखि मृत्युसम्मको
मौलिक संस्कार र सूत्रहरुः

आदरणीय गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरु,
यहाँहरु सबैलाई गुरुङ बुद्धिजमको बोरमा जानकारी नभएको पक्कै पनि होइन । तर, यहाँहरुले गुरुङ बुद्धिजम लाई कसरी बुझ्नु भएको छ ? आ–आफ्नो बुझाइमा फरक हुन सक्दछ । त्यो बुझाइ भनेको तपाइँको स्कुलिङ कसरी भएर आएको छ ? त्यो स्कुलिङनै हाम्रो मेरुदण्ड हो । तितो सत्यमा भन्नु पर्दा, गुरुङ बुद्धिजम भनेको गुरुङको मौलिक संस्कारको अभ्यास गरी बुद्धबचनको सूत्रपाठ गर्नु हो ।

गुरुङ जातिको आफ्नै भाषा, भेषभूषा, मौलिक परम्परागत संस्कार र संस्कृति छन् । त्यहीनै हाम्रो मौलिक पहिचान हो । यसैमा हामीलाई गौरब हुनु पर्छ । त्यही धरातलको जगमा उभिएर हामीहरुले आफ्नो पहिचानको बिकास र संरक्षण गर्नु पर्छ । यसो हुन सक्यो भने, यसको जग बलियो हुन्छ । बलियो जग भएको घरको आयु दीर्घायु हुन्छ । सानोतिनो हुरीबतासले हल्लाउन पनि सक्दैन । समय अनुकुल मौलाउन सक्यो भने, नयाँ पुस्ताले पनि बुझ्ने अवसर प्राप्त हुन्छ ।

नेपालका आदिवासी जनजातिहरु मध्येका गुरुङ जाति हिमाली क्षेत्रका आदिवासी हुन् । यी जातिहरु परम्परागत् संस्कृतिमा अत्यन्तै धनी छन् । आदिम् कालमा तिब्बतको पश्चिम क्षेत्र (कुकोँलिँम्हार)बाट पश्चिम नेपालको ताक्लकोट घाँटी पार गरेर सफुती ख्याल्समा राज्य स्थापना गरी बसेका थिए । त्यहाँबाट ठिनी ख्याल्स, क्होल हुदै ख्होलसोंथर आइ लामो समयसम्म राज्य स्थपना गरे ।

गुरुङहरुको सामाजिक सभ्यताको केन्द्रबिन्दुबाट परिचित ख्होलसोँथरको १५औं शताब्दीको मध्यतिर राजनीतिक द्धन्द्धका कारण पतन भएपछि अन्नपूर्ण हिमालको दक्षिणी पानी ढलोमा बसोबास गर्दै अधिराज्यभर फैलिएका गुरुङहरुको मूल बासस्थान ‘तमुवान’ हो । यी जातिहरुको संस्कृति, संस्कार परम्परा, संस्कार, धर्म, कर्म र सामाजिक मूल्य र मान्यता प्राकृतिक पूजा गर्ने ‘पोङ्ब’ संस्कृतिबाट बिकास भएको हो । ‘पोङ्ब’ भनेको मुखाकार रुपमा फररर पढनु हो । यसलाई नेपालीमा स्रुतिवेद र अंग्रेजीमा Oral Bible भन्दछ । अहिले केही गुरुङ लम वा लामा गुरुहरुले आफुलाई बोन लम वा लामा भन्ने गरेको सुन्छि । यो बोन भन्ने शब्द ‘पोङ्ब’बाट अपभ्रंश भएका शब्द हुन् । यसलाई हामीले सम्मान गर्नु पर्छ । गुरुङहरुले समय र परिस्थिति अनुसार कुलधर्म मूलधर्म ‘पोङ्ब’ र पहिचान धर्मलाई हिमाली बज्रयानी बौद्ध परम्परालाई अभ्यास गर्दै आएको पाइन्छ ।

गुरुङ बुद्धिजमको मूल आशाय भनेको समय अनुकुल छोटो, मिठो र सजिलो तरिकाले आफ्नो मौलिक संस्कारको अभ्यास गर्दै बुद्धबचनको अधारमा उत्कृष्ट सूत्रपाठ गर्नु हो । यसो हुन सकेमा सुख, शान्ति, उन्नति, प्रगति र सुगतिका लागि मनोग्य पुण्य प्राप्त हुनेछ । गुरुङ बुद्धिजमको मुल्य र मान्यताको आधारमा तयार पारिएको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार र सूत्रपाठहरु पाँच भागमा निम्न अनुसार रहेका छन् ।

भाग १ः जीवन दर्शनः
1. गुरुङको जीवन दर्शन …
२. तमूवानको अवधारणा …
३. परम्परागत सामाजिक मुल्य र मान्यताहरु …
४.  गुरुङ बुद्धिजमको पृष्टभूमि …

भाग २, गुरुङको जीवन संस्कारः
१. गर्भ सुरक्षा पूजा (गर्भपूजा) …
२. न्वारन संस्कार (मिँत्यैँब) …
३. अन्नप्राशन संस्कार (कैँइत्यैँब) …
४. ब्रतवन्ध संस्कार (क्ष्यवर) …
५. दीर्घायु संस्कार (पुटपुटे) …
६. गुन्युचोली संस्कार (ङ्योएचोलो) …
७. बिबाह संस्कार (ङेच्याब) …  

7 (a). Gurung Biabaha Paddati Book …

८. घरपैँचो संस्कार (धीँसोँब) …
९. दीर्घायु संस्कार (छह्रीपूजा) …
१०. सह, द्रब्य संस्कार (ह्योँपूजा) …
११. यात्र साइतको पूजा बिधि …

१२. दानपुण्यको पूजा बिधि …
१३. भूमिपूजाको बिधि ।
१४. सर्वग्रहशान्ति रत्नमण्डल महापूजा ।
15. पाप प्रायच्छिद पूजा बिधि …
16. दुर्गतिबाट मुक्त हुने पूजा बिधि ।
17. महामारीबाट मुक्त हुने पूजा बिधि ।

18. दैनिक प्रार्थना बिधि …
19. जन्मदिवस मनाउदाको पूजा बिधि …

20. कुलपूजा (फेँल्हुनाँब) बिधान…

भाग ३, मौलिक चाडपर्वहरु …

भाग ४, मौलिक साहित्यहरु

भाग ५, गुरुङको ऐतिहासिक पृष्ठभूमि …

भाग ६, मुत्यु सस्कारः
१. मृत्यु संस्कार र पितृकार्य (पए) …
२. Gurung ritual coming soon …
३. Gurung ritual coming soon …

Last updated on 11/25/2023.