२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १

सम्पादकीय

२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ, सुख, शान्ति, उन्नति, प्रगति, समृद्धि एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना !

बुद्धिजम डिजिटल लाइब्रेरी Buddhism Digital Library, Incorporation America ले पाली भाषामा रहेको बुद्धबचन त्रिपिटकलाई नेपाली भाषामा सरल अनुवाद गरी, डिजिटल प्रबिधिमार्फत बुद्धको अमृतबचनलाई सबैमा सहज उपलब्ध गराउने उद्देश्यले, त्रिपिटकको अनुवाद गर्ने कार्यमा निरन्तरता दिँदै आएको छ । यो अनुवादको क्रममा देखिएका प्राबिधिक एवं सैद्धान्तिक समस्याहरू र तिनको निराकरणका लागि आवश्यक उपायहरूको खोजि गर्ने सिलसिलामा २५७०औँ बुद्धजयन्तीको पावन अवसरमा डिजिटल प्रविधिमार्फत तथागत सिद्धार्थ गौतम बुद्धको उपदेशलाई सबैको घर आगनमा पस्काउने प्रयासमा रहेका छौँ ।

‘बत्तिमुनि आँध्येरो’ भन्ने नेपाली उखान-टुक्काको मौलिक भावनालाई बुझ्ने प्रयास गर्दा, बत्तिको फेदमा प्रशस्त उज्यालो भएको पाइएन, यो सत्य रहेछ । तर, यो प्राकृतिक नियम नै हो कि, अभाव र प्रभाव हो? यसलाई चिरफार गर्ने उपायको खोजि गरिनु पर्छ । नेपालमा जन्मिएको सिद्धार्थ गौतम बुद्धले भारतको गयामा बुद्धत्व प्राप्त गरे, उनको उपदेश विश्वभरी फैलिएका छन् । तर, नेपालीहरूले बुद्धको उपदेशलाई भाषाको कारणले गर्दा, सरल ढंगले बुझ्ने र बुझाउने अवसर पाए जस्तो लाग्दैन । बुद्ध दर्शनको सारा उपलब्धिहरूको सही ढंगले सदुपयोग भए जस्तो पनि लाग्दैन ।

बुद्धको शिक्षालाई सही ढंगले बुझ्न सक्यो भने, नेपालको आर्थिक र सामाजिक अवस्थाले शिखर चुम्न सक्दछ । बौद्ध परियाति शिक्षालाई सही ढंगले व्यवस्थापन गर्न सकेमा, नेपालको आर्थिक एवं सामाजिक अवस्थाले समृद्धिको शिखर चुम्न सक्ने सम्भावनाहरू रहेको देखिन्छ । यसलाई राज्यको नीतिगत तहबाटै लागु हुन सक्यो भने, छोटो समयमै नेपाली समाज रूपान्तरण हुन सक्ने प्रबल सम्भावनाहरू रहेका छन् । यसका लागि भिक्षुहरू, भिक्षुणीहरू, लामा गुरूहरू, उपासक, उपासिकाहरू, कुलपुत्र, कुलपुत्रीहरू र बौद्ध विद्वानहरूले व्यापक छलफल र गृहकार्य गरी, एउटा निचोड निकाल्न आवश्यक रहेको देखिन्छ ।

यो २५७०औँ बुद्धजयन्ती डिजिटल उपहार पूर्णाङ्क (१) को प्रकाशनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने विद्वान लेखकहरू, विज्ञापन दाताहरू, स्वयंसेवक र सेविकाहरू सबैलाई सम्पादन मण्डल हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १ पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १: भाग–१  

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १: भाग –२

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १: भाग – ३

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १: भाग – ४

२५७०औँ बुद्धजयन्तीको “डिजिटल उपहार” (Digital Upahar) पूर्णाङ्क १: भाग – ५