138. Hyon pooja Lifestyle & Ratna Sutra.

138. रत्नसूत्र (ह्योँपूजा):

रत्नसूत्र भनेको अमुल्य बस्तुको रुपमा रहेको रत्न, हिरा, मोती, घन, श्रीसम्पत्ति, एैश्वार्य र स्वर्ण मुद्राको सह बोलाउने वा बटुल्ने सूत्र पूजा हो । गुरुङ भाषामा यसलाई (ह्योँपूजा) भन्दछ । बौद्धदर्शनमा हजारौँ सूत्रहरु छन् ।

सूत्र भनेको भगवान बुद्धले जम्बुद्धीपमा बिभिन्न समय, अवस्था र स्थानमा एउटै विषयलाई बिभिन्न मानिस र प्रशंगमा फरक तरिकाले देशना गर्नु भएका अमुल्य बचन र धर्मदेशनाहरु हुन् । पछि यसलाई एउटै मालामा मिलाएर उनिएको पूmलका थुंगहरु जस्तै सुन्दर आकृतिमा बनाएका हुन् । त्यसैले यसलाई सूत्र भनिएको हो । सबै सूत्रहरुको आ–आफ्नै मुल्य र मान्यताहरु छन् । सबैका कार्यक्षेत्र र उद्देश्य पनि फरक फरक छन् ।

उदाहरणका लागि आयु पूजाको लागि दीर्घायु सूत्र, ह्योँ पूजाका लागि रत्न सूत्र, यात्रा साइतका लागि मंगल सूत्र, भूमि दानका लागि भूमि सूत्र, भेडा पालनका लागि भेडी सूत्र, पाप कम गर्नका लागि पाप देशना सूत्र, दुगर्ति– बाट मुक्त हुनका लागि दुर्गति सूत्र, महामारी मत्थर गर्नका लागि महामारी सूत्र, आयुज्र्ञानका लागि आर्य अपारमिता आयुज्र्ञान सूत्र, पारमिताका लागि महाप्रज्ञापारमितम सूत्र, निर्वान प्राप्तिका लागि निर्वान सूत्र आदि आदि हुन् । यो एउटा उदाहरण मात्र हो ।

Read more … 130. Ratnasutra (Hyonpooja)