143. पुटपुटे संस्कार:
यो पुटपुटे तमू भाषाको मौलिक शब्द हो । पुटपुटेको नेपाली अर्थ ‘शुभाशीक वा दीर्घायु’ भन्ने हुन्छ । यो पुटपुटे संस्कार लमजुङमा बढि प्रचलनमा रहेको देखिन्छ । यो पुटपुटे भन्ने शब्दको ब्युत्पति कसरी भयो भनेर छलफल गर्दा, पुल्पुलिएको अवस्थामा गरिएको संस्कार भएकोले यसलाई पुल्पुले पुल्पुले भन्दाभन्दै कालन्तरमा पुटपुटेमा अपभ्रंश हुन गएको भन्ने श्रुति परम्परा रहेको छ ।
गुरुङहरुको मौलिक संस्कृतिमा यो पुटपुटे संस्कार जेठो छोराको मात्र हुने भएकोले स्वैच्छिक कर्म हो । त्यसैले, जेठो, बाठो र समृद्धि परिवारको जेठो छोराको पाँच, सात वा नौ बर्षको उमेरमा शुभ दिन पारेर शुभ लग्नमा मावलीहरु र भाइभतहहरुबाट दीर्घायुको लागि शुभाशीक दिने मंगल क्रिया गरिन्छ ।
यो क्रिया गर्दा रातभर मावलीहरु र भाइभतहहरुले रमाइलो नाचगान गरी बिहान झुल्के घामको शुभ साइतमा कर्तालाई दीर्घायुको शुभाशिक दिन्छन् । यसरी शुआशिक दिँदा मादलको मन्द तालमा लयवद्ध भाषामा गुरुहरुले रागको गीत गाउने र नृत्य कर्मीहरुले पनि पूmलपाती र दक्षिणा हालेको थाल समाएर कर्ताको टाउकोमा छुवाउँदै मन्द गतिको नृत्यबाटै दीर्घायुको शुभाशीक (अशिमलँ) दिने प्रचलन रहेको छ ।
प्रथम् छन्द—
हह हेहे चु न्हजरे नासरी
हह हेहे चु न्हजरे नासरी
जिमालये छ्ह हिमालल
पुटपुटेये अशिमलँ लइम्
कोँरुँब कोँरुँस्यो अशिमलँ पिद्
नम्रुँ नम्रुँस्यो अशिमलँ पिद्
खेमै मामै अशिमलँ पिद् ।।
चु नासये वरिपरि प्रब टिब सिल्दो नाल्दो साक्षी सिमे भुमे थाने माने देबी देउता देउराली भयारी नाग नागिनी ल्ह ल्हु फैलु म्हैलु सुइमुले चाखो चु न्हजरे नासरी अशिमलँ मोलोबरी अशिमलँ मोलोबरी ।
भावार्थः आउनु होस् । आज यो न्हजरे गाउँको जिमालको छोरा हिमालको शुभाशिक दिने मंगलमय कार्य गरेको छ । शिव पार्वती, इन्द्र इन्द्रेणीले शुभाशिक दिउन । मातृ पितृहरुले शुभाशिक दिउन । गाउँको आसपासमा बस्ने सिल्दो नाल्दो साक्षी सिमे भुमे थाने माने देबी देउता देउराली भयारी नाग नागिनी ल्हल्हु कुल कुलान जो भए पनि यस मंगलमय कार्यको अनुमोदन गर्न आउनु होस् । आउनु होस् ।। आउनु होस् ।।। छन्दै छन्दको भावबाट स्थानीय शक्तिपीठहरुलाई आह्वान गरिएको । स्पष्ट रुपमा काब्यत्मक भाषामा सम्मान सहित भनिएको छ ।
Read more … 143. Putpute Sanskar Pooja...