परियति कक्षाः II 
परियति नैतिक शिक्षा नामक पुस्तक विद्यार्थी एवं पाठकहरुमा नैतिकता जगाई मानवताको बिकास गर्ने उद्देश्यले तयार पारिएको पाठ्यक्रम हो । यसको मूल श्रोत भनेको नेपालको राष्ट्रिय बिभूति तथा बिश्वशान्तिको महानायक गौतम बुद्धले दिनु भएको शिक्षा, जसलाई परियति भनिन्छ । नेपालमा बिसं २०२०मा स्थापना भएको नेपाल बौद्ध परियति शिक्षासंग आबद्ध भिक्षुहरुले तयार गर्नु भएको परियति पाठ्य पुस्तकलाई आधार लिई बिशेषता स्कुलका बालबालिकाहरुलाई लक्षित गरी तयार गरिएको पाठ्य सामग्री हो । परियति शिक्षालाई कक्षा १० सम्मको पाठ्य सामग्रीहरु तयार पारिएको छ । परियति कक्षाको परिक्षा वर्षमा एक पटक तोकिएको परिक्षा केन्द्रबाट हुनेछ । यसका लागि समय समयमा भैरहने सूचनाहरुको राम्रोसंग जानकारी राख्नु पर्ने हुन्छ । परिक्षा केन्द्रको मापदण्ड अनुसार फारम भर्नु पर्छ । नेपाल बौद्ध परियति शिक्षा, काठमाडौँ, नेपाल ।

