132. Autobiography of Khenpo Basant K Gurung, USA.

132. बसन्त कुमार गुरुङ (ज्ञान दोर्जे):

मेरो नाम बसन्त कुमार गुरुङ (ज्ञान दोर्जे) लामाको उपनाम हो । मेरो जन्म नेपालको मध्ये पहाडि भेकको लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको अर्बेनी गाउँ पञ्चायत, हालः काली गण्डकी गाउँ पालिका वडा नं ३ दभौखानीमा संवत २०१० साल पौष महिनाको २९ गते शुक्रकारको दिन पिता बिल बहादुर गुरुङ र माता बल माया गुरुङको कोखबाट भएको थियो । ल्होको गनणामा सर्प बर्ग हो ।

यर्थातमा भन्नु पर्दा, २०१७ सालसम्म गाउँ घरमा पाठशाला थिएन । शिक्षाको उज्यालो प्रकाश के हो भन्ने बारेमा गाउँले मानिसहरु अनभिज्ञ थिए । अज्ञानको अन्धकारमा रुमलिरहेको थियो । यसै दौरान, २०१८ सालमा गुल्मी भार्से गाउँमा भारतिय सेनाका भूतपूर्व समूहले उत्शाहकासाथ भारत सरकारको सहयोगमा प्रथम पटक IAGE: High School (Indian Army Government Education High School) खोल्यो । त्यस स्कुलमा मैले ७ कक्षासम्म अध्ययन गर्ने अवसर मिल्यो ।

त्यस पछि रुपन्देही, भैरहवाको मेउडीहवामा बाबा आमासंगै बसेर बृटिश क्याम्प पक्लिहवामा पक्लिहावा हाई स्कुलबाट SLC गरे । त्यस पछि रुपन्देहीको शंकर नगरमा स्थापित ‘श्री शारदा प्रा.वि.मा सात वर्षसम्म प्रधानाध्यापक भएर शिक्षाको उज्यालो ज्योति बाल्ने प्रयास गरे । तर, नेपाली समाजमा एउटा शिक्षक प्रतिको दृष्टिकोण र मुल्याङकन कसरी गरिदो रहेछ भन्ने तितो अनुभव पनि भयो । तर, यो कमिकमजोरीहरु सामाजिक चेतनाको कमिले भएको हुनु पर्छ भन्ने मेरो बुझाइ रहेकोछ ।

Read more … 124. Khenpo Basant K Gurung, USA. (Profile)