135. Autobiography of Scholar Arun K Gurung, USA.

135. मेरो आत्मा विवेचना, अरुण कुमार गुरुङ:

१. पहिचानः
मेरो जीवनको श्रोत पुज्य दिवाङ्गत महातारी आमा दिलसुवा आपा बल बहादुर (बुद्घिरास) गुरुङको एकल छोराको रुपमा विक्रम संबत २०१० आश्विन १७ गते सर्प बर्ग हुँदा स्याङ्गजा जिल्ला फेदिखोला गाउँपालिका वार्ड नं. २ लामिस्वारामा जन्म भएको रहेछ । नाङ्गेडाडावाट तल्लो गाउँ सर्नु भएको हाम्रा हजुर बुबाको जेठा छोरा हाम्रो पिताजि श्री बुद्धिरास (बल वहादुर) र आमा दिलसुवा गुरुङका ३ वटी छोरी मेरी दिदीहरु र म एक्लो छोरो हुँ । हजुर बुबाकी एक्ली छोरी पुम्दी भुम्दी, घरेडी पुग्नु भएकी फुपु श्रीमती चन्द्र कुमारी र फुपा स्व.श्री नरबहादुर गुरुङका १ छोरा ४ छोरीहरु मध्ये जेठी देवी गुरुङ हाम्रो सामाजिक परम्परा बमोजिम शुभ बिबाह पछि मेरी श्रीमती बनेकी छन ।

हाम्रा ५ वटा छोराहरु जन्म भई हाल जेठा छोरा बिनोदको दरौंका स्व. आस बहादुर गुरुङकी छोरी श्रेयासंग २०५० सालमा बिबाह भई विद्याँश र प्राप्ती दुई सन्तान भैसकेका छन् । पोखराको सोल्टीफर्म बिशाल ल्फोरिङ्ग फर्निसिङ्ग स्टोर सञ्चालन गरी बसेका छन् । परिवार काठमाण्डौंमा बस्छन् । बिनोदको परिवारको पनि भिशा प्रोसेस हुँदैछ । म १९९७ मा अमेरिका आए पछि परिवार २००१ देखि आउँदै छन् । माहिला छोरा नविन, सहिला सुरेश, काहिला निरज र कान्छा धिरज हामी अमेरिकामा छौं । निरज छोरा गत वर्ष २०११ मा नेपाल गई दरौं निवासी श्री हेम कुमार गुरुङकी छोरी रश्मिसंग बिबाह गरी फर्केकोमा यही २०१२ जुलाईमा अमेरिका आई पुग्दै छन् ।

हाम्रो श्रीमान श्रीमति
आफ्नो जमानाका गन्यमान्य, बृटिश साम्राज्य कालमा भारतियाकातर्फबाट प्रथम विश्व युद्ध लड्नु भएका हवल्दार दर्जाका मेरा हजुर बुबा गाउँको ईज्जतदार भलाद्मी हुनु हुन्थ्यो । ९७ वर्षको पुरा आयु बाँच्नु भई २०४१ सालमा परलोक हुनु भएको वहाँ मेरो जीवनको ज्ञान गुणको श्रोत हुनु हुन्थ्यो ।

हामी अमेरिका आउँनु अघिको मेरो परिवार

मेरो घर परिवार देखिन्छ

२.हाम्रो पुख्र्याैली विवरण:
आफ्नो ईतिवृत्तीको थालनी पूर्व पुख्र्यौली विवरण प्रस्तुत गर्न उपयुक्त ठानेको छु । हाम्रा पुर्खाहरु मध्ये जेठाको सन्तान पुख्यौली थलो वरिपरी लमजुङ्ग र कास्कीको पूर्वी भागमा फैलिएर रहेको लेम्ए, कास्कीको मध्य भागमा फैलिएरको कान्छाका सन्तान चुइम्ए र बढि कएँ प्ल्होंव धोंले प्ल्होब हाम्रो खलक माहिलाको सन्तान प्ल्होन्म्ए घान्दु्रकमा आई बसेको पाइन्छ । यि सवै लेमक्रोंका सन्तान हुन ।

घान्दु्रकमा पएम्एहरुमा शाहासी नेतृत्वको अभाव खड्केछ । मुखिया नहुदा भाइ कलह चर्कदै गइ अराजकतानै बढ्न थालेको हुँदा, मुखियाको खोजिमा एक थरी मनाङ्ग पुगी हाम्रा पुर्खा मध्ये एक भाइलाई ल्याई मुखिया थमौती गरेको पाइन्छ । त्यस पछि भने त्यहाँ छिन्नभिन्न एवं लथालिङ्ग भएकाहरुलाई सम्हाल्न सफल भएको किम्वदन्ती छ । त्यहाँ पनि प्ल्होन्म्एको खलक त फैलिनेनै भयो । चारघरे, बाह्रघरे, ढुङ्गाघरे, डाँडाथर, गैरथर समेतका टोल बने पछि पनि अटाउँनै धौ धौ भएको महशुस हुदा, मानसम्मानका लागी फराकिलो ठाउँ एवं मुख्यौलीको खोजिमा ल्वाङ्ग, घलेल, रिवन, भुक, लौसिबोट, ताम्ले, दुर्लुङ्ग, देउपुर चित्रे, पाउँदुर, ढुङ्गारे हुदै स्याङ्गजाका बिभिन्न ठाउँ तिर फैलिएको र मुखिया बनेको इतिहाँस पाउँछौं ।

यसरी ढुङ्गारे आएका हाम्रा जिज्यु घान्दु्रकको ढुङ्गाघरेको एकभाइ छोरा भएकोले यहाँको बस्तीको नामै ढुङ्गाघरे पछि ढुङ्गारे रहन गएको पाइन्छ । ढुङ्गारेबाट पनि अक्राङ्ग, कर्मिडाडा, फेदिखोला डहर मुनि, साल्मे र मेरो गाउँ लामीस्वारमा फैलिएको छ । त्यसैले ठुलो बिबाहमा बाघदन्त बोल्ने वेला हाम्रा चिवनावहरुले “लमचुँ होईले प्होव काेंणक्ह्लीर च्होयुव, कोंण क्हली होंइले प्होव ढुङ्गारे नासर च्होयुव ङिये गोत्र गर्वगोत्र बिमो” भन्ने गर्नु हुन्छ । यसबाट पनि हाम्रो उद्गम स्थान घान्दु्रक हुँदै लमजुङ्ग अनि क्होला सोंथरमा गै टुङ्गिएको ठहर्छ । यसरी हाम्रो न्हेसा कोंड घान्द्रुक ठहर हुन्छ ।
लामिस्वारा आइ बसेका हाम्रा जिज्युका छोराहरु मध्ये सिरानघर पुछारघर, साल्मे, विव्रेनी, ठाडोघरे, नाङ्गेडाडामा फैलिएका रहेछन् । नाङ्गेडाडा सर्नु भएका मेरो जिज्यु मुखिया श्री तिर्वल गुरुङका ४ भाइ छोराहरु मध्ये जेठा मुखिया श्री धनबीर गुरुङको ५ छोराहरु मध्ये कान्छाको मात्र एउटा छोरा राम गुरुङ भएको भएता पनि सबैको एउटा एउटा निहु गर्दै मृत भइ अपुताली परेको, माहिला छोरा निसन्तान भएको मेरो जिज्यु साहिला श्री लालसिंह गुरुङमा मुख्यौली सरिआएकोमा निजका ४ भाइ छोरा मध्ये जेठा श्री बखत बहादुर गुरुङ मुखिया हुनुहुन्थ्यो । माहिला मेरा हजुरबुबा श्री टेकबहादुर गुरुङ सामाजिक व्यवस्थाले काजी पदमा पदस्थापित हुनुहुन्थ्यो । साहिला श्री बलबहादुरका ५ छोरा, २ छोरी, कान्छा हजुर बुबा श्री भीम बहादुरका ३ छोरा, १ छोरी जन्मिनु भएको रहेछ । मेरा हजुरबुबा र हजुरमुमा लक्षिना कुमारी (काली) गुरुङका ३ छोरा र एक छोरी हुनुहुन्छ । माहिला बबाको ३ छोरा, ४ छोरी र कान्छा बाबाको २ छोरा र ५ छोरीहरु हुन् ।

३. मेरो आत्मा कथा:
सानै उमेरदेखी ज्ञान गुणको धनि आफ्नै बाजे हजुरबाको साथ पाएको मैले वाँगेको कोकले सुवे दारले शिकार खेल्दा जङ्गलमा झुक्किएर आफ्नै छोरा मारेकोले जेल पर्दा, रामकोटको सुरविर श्री धन प्रसाद गुरुङले बडाहाकिमलाई उनको नजिक भएको बन्दुक देखाउँदै वहाँले बाहिरबाट बोलाएर लगेका छोराहरुलाई हान्न लगाएछन् । बडाहाकिम आश्चर्य मान्दै बाबुले आफ्नै छोरालाई पनि कहि मार्न सक्छ ? भने पछि वाँगेका एक जनालाई छोरै मारेको केशमा थुन्नु भएको छ नी, यो ठहर्छ त ? भन्दा उनको ध्यानाकर्ष भएछ र निज सुवेदार छुटेको, “ध्यान गयो (सुन) चाँदिमा इञ्साफ गयो आँधिमा” हैन बडाहाकिम नानी ? भन्ने चिलाउँने मुखिनीको भनाईबाट किर्ते जालसाँजीमा फसाइएका नैखुका कामीहरुलाई रिहाइ मिलेको कुरा, “अन्याय गरेको प्रष्ट भए पछि पनि कसलाई कुरेर बसेको हाँ ?” भन्ने दरौंकी धना मुखिनी बज्यैको ताकेताले अन्यायी छुटेकोबाट मैले सिक्ने अवसर पाएको थिएँ ।

नाता, कुटुम्ब, गुणी, ज्ञानीको स्तर, मान्यजनहरुको पहिचान उनिहरुसंग सम्वन्ध राख्नु, सेवा सुश्रुसा गर्नु, कहाँ बस्छन, के गर्छन् आदी जानकारी लिनु र सिर्गुण, निर्गुण, भजन ,किर्तन, श्रद्धा भक्तिका कुरा एवं पौराणिक कथा, धार्मिक पुराण, छ्या र छ्योए सुने, जानेको र बुझेको आधारमा उधोखोला, उभोखोलाको चिनारी र जानकारी लिइ आउँने गर्दथें ।

छरछिमेक र आफन्त सहयोगिहरु समेटेर, प्रत्येकको आगन सफा, खेतवारिको गह्रा सुधार सामाजिक बिकासका कामहरुमा बेलैमा बढी सक्रिय भइ रक्सि, रण्डी, (रमी) जुवा तास जस्ता दुर्वेशन तथा कुलततर्फ सचेत गराउँन सकेको भए सही गोरेटो देखाउँन सफल भइन्थ्यो । सबैमा सुख शान्ति र प्रगतिको सञ्चार भइ हाम्रो कल, धर्म, संस्कृति व्यवसाय र परम्पराको जगेर्ना एवं समाजको उत्थान समेतमा सहयोग पुग्ने हुँदा आफ्नो बौद्धिक क्षमता, ज्ञान र प्रतिभाको सदुपयोग भइ एउटा महत्पूर्ण कार्य भएको ठहथ्र्यो । त्यसो हुन ढिलाइ भएको महशुस भएको छ । कस्तुरी मृगलाई आफुसंग भएको बास्न युक्त त्यति महत्वपूर्ण बिना सहितको कस्तुरी भएको थाहा नभएर बास्न खोजि हिडेझैं हाफ्नो खुवि र क्षमता थाहा पाउँन नसकी अलमल्ल परेको त हैन, बेलैमा सदुपयोग नभएको ?

त्यस समय उत्तरमा बिशाल एवं शक्तिशालि भरखर मात्र आफ्नो छिमेकी मुलक तिब्बतलाई आफ्नो कब्जामा पारी मुलक बिस्तारमा लागेको देश चीन, पुर्व पश्चिम र दक्षिणमा सिक्किमलाई आफुमा बिलय पारी सकेको भूटान, बङ्गला देश, पाकिस्तान, श्रीलङ्क र नेपाल माथी गिद्धे दृष्टि फिजाई आएको बिस्तारवादी बिशाल शक्तिशाली देश भारत, जसले नेपालका नेताहरुलाई आफ्नो प्रलोभनमा फसाएर नेपालको शासन दिल्लिबाट गर्न चहाने । अन्तत्वगत्व नेपाल कब्जा गर्ने सुर कसेको देश भारत जस्ता दुइ राष्ट्रहरुबीच नेपाल दुइ ढुङ्गाबीचको तरुलको स्थितिमा रहेको पाउँछौं । स्वर्गिय दुरदर्शि राजा महेन्द्रले आफ्नै देशको हावापानी र माटो सहाउँदो निर्दलिय पञ्चायति प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव गरिबक्सि असफल एवं राष्ट्रकोलागि अतिनै खतरा देखिएको बहुदलिय व्यवस्थाको अन्त्य गरिबक्सेको थियो । सबै देशभक्त नेपालीहरुबाट राजाको अव्हानमा एक भएर देश बिकासमा लागी परेको बखत देशको भुराजनैतिक अवस्था र संसदिय नेताहरुको देश बेचुवा चालवाजीलाई मध्ये नजर राख्दै हामी राष्ट्रवादी युवा विद्यार्थीहरुले ठोस रुपबाट व्यवस्थाको अनुसरण गर्दै र कसैको होहल्लामा नलागी राजा, व्यवस्था र देश बिकासको लागी अघि बढ्न नितान्तै आवश्यक ठानी आफ्नो बुद्धि, बर्गत, तन र मनले भ्याए सम्म सहयोग गरी आएका हौं । पञ्चायति व्यवस्थाको पक्षधर हुनु हाम्रो कर्तव्य थियो ।

४.साल्मे डाँडाः

ओम मणि पद्मे हुूँ झिल्कोू स्ंरक्षक

जसलाई लाईटर मन परेन बल्की भुस्शा सिग्रेट अन्तिम समयसम्म खाई रहनु भयो, झुलो चक्मक ूझिल्कोू को पाराखी बनेर ।
मेरो पुज्य आपा (म्हाईला आपा) वहाँ लाई कुनै रोग लगेन, फोटोमा देखिएकै चाहकिलो अनुहार लिएर वहाँ ९५ वर्ष को पर्मायुमा दिवाङ्गत हुनु भयो । पहिलो बार्षिकीमा वहाँको आत्मा लाई चिर शान्ति भगवान बुद्धको क्षत्र छाँया सुखवती भुवनको बास हाम्रा सम्पुर्ण पुर्खा आजी खे आजी माँ खे कु माँ ङिको साथ मिलो

स, यही मेरो भावपुर्ण श्रद्धाञ्जली !

जय बुद्ध ।

ओम मणि पद्मे हुँ ।

जहाँ मेरा डिवाङ्गत आमा आपा बाज्यु आपा बजे आमा सहितका सम्पूर्ण पुर्खा आजी खे आजी माँका अन्त्येष्ठि स्थान छगों रहेको छ । त्यसलाई हामी पवित्र पुण्यभूमी सुखवति भुवनको रुपमा मान्दछौं ।

जय बुद्ध १
छोरा अरुण गुरुङ्ग लामिस्वारा हाल अमेरिका

परपूर्व कालमा हाम्रो गाउँ र चारघरेका पुर्खाबीचमा एउटा सम्झौता भएछ । हामी आज जिवित छदा त हाम्रा अग्रजहरुबाट हामीलाई ङोसेव मेंसेव गराइयो । थोम्र्याेहरु मिलेर च्यागी गरियो । हाँसियो, खेलियो, हिंडियो, डुलियो, मोज मस्ति र हाम्रोबीच बिबाह बारी समेत भयो । अब हाम्रो बुढेस काल भएकोले मर्ने अवस्था आयो, मर्ने भयौं नै । अब के गर्ने ? छिन्न भिन्न हुने भइयो । सम्भव भए चिहान पनि एकै ठाउँमा बनाउँन पाए त मरे पछि पनि सङ्गै बस्ने व्यवस्था हुन्थ्यो । आज यहाँ हामीले जिउँदो छदाको त्होसि डाँडामा बसेर चिन्तन गरिएको छ । यसैको शिरानमा पर्ने चारैतिर देखिने लामिस्वारालाई टाढाको पाइ परे पनि अति आकर्षक तथा रमाइलो ठाउँ भएकोले साल्मे डाँडामा गर्न पाएमा अत्यन्तै उत्तम हुने ठानियो । मरे पछिको साल्मे डाँडालाई त्होसि डाँडा मानौं भने पछि त्यही गर्ने निधो भएछ र त्यस बेलादेखी नै हामी दुइ गाउलेले यहाँ अन्त्येष्ठी कार्य गरी आयका छौं । साल्मे डाँडामा लामिस्वारावाट लास पुर्याउँन २ घण्टा ठाडै उकालो बोकेर लैजानुु पर्छ । तर दुइ गाउँका पुर्खाको आचा बाचाको कारण कुनै अप्ठयारो मानिएको छैन ।

ओम मणि पद्मे हुँ
यहि हो नेपाल, नेपालीको घर, नेपालीको घरू
साल्मे डाँडा हाम्रो अन्त्येष्ठी स्थल जहाँ हामीले एउटा अत्यन्तै आकर्षक सिमि धिं बनाएका छौं। त्यसको आज समुद्घाटन कार्यक्रम भएको र हाम्रा सारा चेलीबेटी जवाईं चेला भाञ्जा भाञ्जिहरु समेतलाई आमन्त्रण गरेर प्रिती भोज तथा मैत्री भोजको कार्यक्रम गरिदैको अवस्था हो। उक्त आवसरमा पोखरामा रहेकालाई २ बस र स्याङ्गजाबाट आउँने निम्त्यारुहरुलाई पनि यातायातको व्यवस्ता भएको छ। हाम्रा गाउँका सम्पूर्ण गाउँबासी कर्ताहरु र सर्वसाधारणहरुको सक्रिय सहभागिता त हुने नै भयो। यसरी भवनको उद्घाटन गरिने भएको छ।

आहा, कति सुहाएको निलो धारो ढादैमा सिमि धिंको आडैमा।
सवैले तमू पहिरणको उपयोग आदर र कदर गरौं
जय लामिस्वाराका आफ्ना आफन्तहरु
जय हाम्रा सम्पूर्ण अजिखे अजिमाँ खेकु माँङ्गी
वहाँहरुलाई यस अवसरमा हार्दिक श्रद्धाञ्जलि !
जय बुद्ध ।

स्कालर अरुण कुमार गुरुङ
सांस्कृतिक बिभाग प्रमुख
बुद्धिजम डिजिटल लाइब्रेरी, अमेरिका ।

arudev2043@yahoo.com
www.buddhismlibrary.org

Last updated on Sep 23, 2023.