152. Buddha Jiwani, the life of Gautama Buddha.

152. बुद्धजीवनी, the life of Gautama Buddha.

बुद्ध धर्मको चुरी कुरा बुझ्नका लागि बुद्धदर्शनको सार बुझ्नु पर्छ । बुद्धदर्शनको सार बुझ्नका लागि बुद्धजीवनी बुझ्नु अत्यन्तै आवश्यक हुन्छ । त्यसैले, मेरो अनुभवमा बुद्धलाई कसरी बुझ्यो ? त्यसैको जगमा बिभिन्न भाषामा रहेका बुद्धजीवनीलाई संकलन, अनुवाद र सम्पादन गरी नेपाली भाषामा सरलीकरण गर्ने प्रयास गरेका छौँ ।

यसलाई गुरुङ र अंग्रेजी भाषामा पनि अनुवाद गर्ने प्रयास भैरहेको छ । यो ४६५ पानाको बुद्धजीवनी भनेको समुन्द्रबाट एक लोटा पानी निकालेको बराबर हो । तर, हामीहरूले राम्रोसँग बुझ्नु पर्ने कुरा के छ भने, समुन्द्रको सबै पानी पिउने लायक हुँदैन । त्यसैले, त्यसभित्र लुकेर रहेको अमृतजल अर्थात (Sweet water) खोज्ने हाम्रो प्रयास रहनेछ ।

पाठकहरूलाई के अनुरोध गर्न चाहन्छु भने, बुद्धबचनको सार बुझ्नका लागि भाषालाई पनि राम्ररी केलाउन सक्नु पर्छ । कुन ग्रन्थ कुन भाषामा लेखिएको हो । यो कुरा स्पष्ट हुनुपर्छ । दर्शन शास्त्रको सिद्धान्तले के भन्छ भने, सूत्र, मन्त्र र तन्त्रको साधना गर्दा, सबै कुरा सत प्रतिशत सही हुनुपर्छ । अन्यथ त्यो सूत्र, मन्त्र र तन्त्र शक्ति हिन हुन्छ । अर्थात यसले काम गर्दैन वा यसबाट कुनै पुण्य प्राप्त हुँदैन भन्ने अर्थमा बुझ्नु पर्छ । यो कुरा ध्रुब सत्य हो । यसमा कुनै छलफल गर्न आवश्यक छैन ।

1BDL Buddha Jiwani the life of Gautama Buddha …

Last update: January 02, 2025