151. Dhammapad, the teaching of Buddha:

एक समयमा श्रावस्तिको जेतवन बिहारमा चक्खुपाल नामक कुनै अन्धो भिक्षु थियो । बिहार बाहिरा धुम्दा उनको खुट्टाले कुल्चेर धेरै किरा फट्याङ्ग्रहरू किचिएर मारिन्थे । एकदिन केही भिक्षुहरूले तथागतसँग यो कुरा भन्दा, उनले चक्खुपाल अहर्त भिक्षु हो । अहर्तलाई जीव हिंसा गर्ने मनसाय हुँदैन, भने । भिक्षुहरूले सोधे । ‘हे भन्ते,’ अहर्त प्राप्तिको लागि पूर्वजन्ममा पुण्य गरेर पनि चक्खुपाल यो जुनीमा कसरी अन्धो भयो ? किन अन्धो भयो ? भगवानले आज्ञा भयो । पूर्वजुनिमा चक्खुपाल नामुद बैद्य थिए । कुनै महिलाको आँखाको चिकित्स गर्दा, खराब नियत भएकोले त्यही समयदेखि उनको पाप कर्म पछि लागि रह्यो । यस जन्ममा पनि त्यही फल भोगिरहेको छ भन्दै दिएको उपदेशको पालीगाथा ।
मनोपुब्बंगमा धम्मा, मनोसेठा मनोमय
मनसा चे पदुटेन, भासति वा करोति वा
ततोनं दुक्खमन्वेति, चक्कं व वहतो पदं ।।१।।
भावार्थ— कुनै पनि मानिसको मन नै सबै प्रबृतिहरूको प्रधान हो । मन नै सबै कुराको केन्द्र हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छ । यदि कसैले दुषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई लडियाको पाङ्ग्राले गोरुको खुट्टालाई पछ्याए झैं दुःखले अनुसरण गरिरहन्छ । यो कुरा प्राकृतिक सिद्धान्तको अनुकुल रहेको छ । यो कुरा ध्रुब सत्य हो ।
2BDL Dhammapad the teaching of Gautama Buddha …
Last update: January o2, 2025.

