150. Daily Chanting by Khenpo Basant K Gurung, Nepal.

150. Daily Chanting Pooja:

यस जगतमा सबै मानिस मर्छन् । जन्मेपछि मर्नु प्रकृतिको नियम हो । यसको अपवाद पनि केही थोरै व्यक्ति हुन्छन् जसले मृत्युलाई जितेका हुन्छन् र अमर रहन्छन् । त्यस्तै महान अमर व्यक्ति हुन् महामानव भगवान गौतम बुद्ध । विश्व शान्तिको मुहान लुम्बिनी, नेपालमा इसा पूर्व 623 बैशाख पूर्णिमाका दिन शान्तिका महानायक गौतम बुद्धको जन्म भयो । दया, माया, करुणा, मैत्री, शान्ति र अहिंसाका पूजारी, स्नेहका खानी अमर अजर दार्शनिक चिन्तकहरूमा नेपालमा जन्मेका गौतम बुद्ध अग्र पंक्तिमा पर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रको रुपमा जन्मिएर राजदरबारको सुखसयलमा हुर्किएका सिद्धार्थ गौतम राजा बनेर राज्यभोग गर्न सक्थे तर उनलाई सत्तामोह र परिवार प्रतिको मोह समेत थिएन किनभने महापुरुषहरूको लागि विश्व जगत नै घर हुन्छ र सम्पूर्ण जगत प्राणीहरूनै परिवारका सदस्य हुन्छन् र वहाँमा विश्व बन्धुत्वको भावना हुन्छ । त्यसैले सिद्धार्थ गौतमले २९ बर्षको उमेरमा गृहत्याग गरी बोधगयाको बोधिबृक्ष मुनी छ बर्षसम्म घोर कष्टदायक तपस्या गरी बैशाख पूर्णीमाको दिन बुद्धत्व प्राप्त गरे ।

यसरी परिवारहरूलाई छाडनुको उद्देश्य विश्वमा शान्तिको सन्देश छर्नु थियो उनका लागि राजपात, परिवार प्रतिको दायित्व भन्दा ठूलो दायित्व विश्व जगतनै थियो । बुद्ध दर्शनका प्रणेता गौतम बुद्ध हुन् । बुद्धले दिएका उपदेशमा जीवन पथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । बुद्धले प्राप्त गरेको ज्ञान नै बुद्ध दर्शनको मूल आधार हो । बुद्धले बोधिज्ञान प्राप्त गरेपछि ४५ बर्ष लोक कल्याणको लागि अनवरत ज्ञानको प्रचारप्रसार गरी ८० बर्षको उमेरमा वैशाख पूर्णिमाको दिन कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे । भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक ३६ बर्षको उमेरमा बैशाख पूर्णिमाको दिन ऋषिपत्तन मृगदावनमा दुष्कर चर्या गरिरहेका पञ्चवर्गीय ब्राह्मणहरूलाई पहिलो धर्मचक्र परवर्तन (प्रवचन) दिँदै चतु आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको बारेमा ज्ञानको ज्योति प्रकाश गरे ।

यसरी भगवान् बुद्धद्वारा प्रतिपादित शिक्षालाई शील, समाधि र प्रज्ञागरी तीन चरणमा विभाजन गरिएको पाइन्छ । यसै मार्गदर्शनलाई नै बुद्ध दर्शन भनिन्छ । बुद्ध दर्शनको मूल शिक्षा नै शान्ति र अहिंसा हो । यस दैनिक पूजा प्रार्थना पुस्तिका, बौद्ध संस्कार साधना विधि एवं मोन्लम संग्रह पुस्तिका प्रकाशनको लागि लेखन र सङ्कलनमा कलम चलाउने जमर्को गरेका छु । म जस्तो एउटा सानो मन चित्त भएको व्यक्तिले भगवान् बुद्धको बारेमा के नै लेख्न सकुला र तै पनि सानो भए पनि पुन्य आर्जनको लागी जमर्को गरेको छु । यो शरीर संसारिक भएता पनि मन चाहीँ आध्यात्मिक हुनु पर्दछ । संस्कार, संस्कृति र धर्म कहिले सुरु गर्ने, किन गर्ने र कुन उमेरकाले गर्ने भन्ने विषयमा अलिकति चर्चा गरौं, हामीहरू धेरै गुम्बाहरूमा गुरु रिन्पोछे ज्युहरूद्वारा पूजा, प्रवचन, वाङ् अभिषेक लिनको लागी जान्छौं । पूजामा कति उपस्थिति होला भनेर यसो नजर घुमाउदाँ पूजा हलमा ५० बर्ष उमेर भन्दा माथिका आमा बुबाको मात्र उपस्थिति देखिन्छन् ।

4BDL Daily Chanting Pooja … Read more …

Last update: January 02, 2025.