145. अन्नप्राशन वा भात खुलाइ:
यो अन्नप्राशन वा भात खुलाइ संस्कार नेपालीहरुको मौलिक परम्परा हो । यसलाई सबै धर्म, जात, जाति र समूदायले आ–आफ्नै मुल्य र मान्यताको आधारमा गर्ने गरेको पाइन्छ । खालि रंग, ढंग र नाममा मात्र फरक देखिने हुन्छ । यसलाई गुरुङ भाषामा (कैँइत्यैँब) भन्दछ ।
गुरुङहरुको रीतिथितिमा बच्चा जन्मिएपछि छोरीको भए पाँच महिनामा र छोराको भए ६ महिनामा राम्रो दिन बार पारेर आफ्नो औकात अनुसार अन्नप्राशन (कैँइत्यैँब) संस्कार गर्ने चलन छ । कैँइत्यैँब भनेको नवबालकलाई प्रथम पटक अन्नप्राशन वा भात खुवाउँनु हो । उक्त समयमा बच्चाको लागि मिठो मसिनो खाना तयार पारेर चाँदीको थालमा सुनको चमचले नवबालकलाई आमा बाबाले पहिलो पटक खाना खुवाउछ ।
त्यसपछि, घरपरिवारका सदस्यहरु र मावलीहरुले सुस्वास्थ्य, उन्नति, प्रगति, दीर्घायु र मंगलमयको कामना गर्दै सेतो टिका लगाइ उपहार दिइ बधाइ दिन्छन् । त्यसपछि उपस्थित परिवारजन र आमन्त्रित इष्टमित्रहरुले पनि टीका लगाइ दिइ साधारण उपहार दिने चलन छ ।
अन्त्यमा, भोजभतेर र जलपान गरी रमाइलो नाचगानका साथ (कैँइत्यैँब) कार्यक्रम सम्पन्न गरिन्छ । पुरोहितबाट बुद्धबचनमा आधारित सूत्रपाठ गरिन्छ ।
Read more … 145. Annaprasan Sanskar Pooja…

