136. A Biography of Goodwill Ambassador Sumal K Gurung, UK.

136. सदभावना राजदूत सुमल कुमार गुरुङ, बेलायतः

गण्डकी प्रदेश पर्वत जिल्लाको मोदी गाउँ पालिका ८, चित्रे गाउँमा पिता श्रीप्रसाद गुरुङ र माता भाईसिरी गुरुङको कोखबाट २०१० सालमा जन्मनु भएको थियो । सुमल कुमार गरुङको, बाल्यकालदेखि नै तिक्ष्ण बुद्धि भएकाले पढाइमा अब्बल थिए । उनले बिद्यार्थीकालदेखि नै निबन्ध, बादबिबाद र हाँजिरी जबाफ प्रतियोगिताहरुमा भाग लिदै आएका थिए । प्रत्येक प्रतियोगिताहरुमा प्रथम स्थान हाँसिल गरेको उनको संक्षिप्त ब्यक्तिबृत्तबाट देखिन्छ । उनले लण्डन विश्वविद्यालय (एसओएएस) बेलायतबाट बौद्धदर्शनमा स्नात्तोकोत्तर गर्नु भएको छ ।

उनी युवा अवस्थमै भारतीय सेनामा क्लर्क दर्जामा भर्ती भए । सेनामा लामो सेवा गरी अवकास प्राप्त गर्नु भएका सुमल कुमार गुरुङको प्रवासी जीवन हङकङबाट आरम्भ भएको देखिन्छ । उनले सन् २०००–२००७ सम्म संस्थापक अध्यक्ष पञ्चासे सहयोग समिति, हङकङ । २००४–२००७ सम्म संस्थापक उपाध्यक्ष गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद, हङकङ । २००७–२००८ सम्म संस्थापक अध्यक्ष पर्वत मञ्च, हङकङ। २००५–२००८ सम्म सल्लाहकार नेपालीज बुद्धिष्ट एसोशिएसन, हङकङ। २००५–२००८ सम्म सल्लाहकार तमू ट्हो ह्युल, हङकङ । २००५–२००७ सम्म सल्लाहकार ओमनमो बुद्ध आमा समूह, हङकङमा बसेर मन, बचन र कर्मले सेवा गर्दै आउनु भएको थियो ।

त्यसपछि उनको कर्मभूमि बेलायत भएको देखिन्छ । उनले सन् २०१६मा साउथ लन्डन क्षेत्रमा डायमण्ड बुद्धिस्ट सेन्टर स्थापना गर्ने अभियान थालेका थिए । उनी सो सेन्टरका संस्थापक अध्यक्ष थिए । हाल संरक्षक हुनुहुन्छ । उनी अब्बल दर्जाका नेपाली डायस्पोरा हुन् । उनका एक दर्जन भन्दा बढि कृतिहरु प्रकाशन भैसकेका छन् । जस्मा ‘मेजर अर्जुनको औठी’ नामक सामाजिक उपन्यास उत्कृष्ट छ । उनले २०१६–२०२० सम्म अन्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्यप्टरको अध्यक्ष पदमा सेवा गरी, हाल आजीवन सदस्य हुनुहुन्छ ।

उनी दर्जनौं संघसंस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ ।
१. अध्यक्ष– अनेसास, बेलायत च्याप्टर ।
२. केन्द्रीय सल्लाहकार– अनेसास ।
३. अध्यक्ष– पञ्चासे सेवा समाज, हङकङ ।
४. संस्थापक अध्यक्ष– डायमन्ड बुद्धिस्ट सेन्टर, बेलायत । (हाल संरक्षक)
५. केन्द्रीय पूर्व उपाध्यक्ष– अन्तराष्ट्रिय नेपाली साहित्य समाज ।
६. बोर्ड अफ ट्रष्टी मेम्बर तथा सल्लाहकार– दक्षिणपूर्व क्षेत्रीय तमूधीँ, लण्डन ।
७. सल्लाहकार– रोयल ग्रिनविच नेपालीज एशोसिएसन, लण्डन ।
८. सल्लाहकार– पर्वत मञ्च, बेलायत ।
९. आजीवन सदस्य– बुद्धिस्ट कम्युनिटी सेन्टर, बेलायत ।
१०. सल्लाहकार तथा आजीवन– सदस्य तमूधीँ, बेलायत ।
११. सल्लाहकार– हङकङ नेपाली मञ्च, बेलायत ।
१२. सल्लाहकार– रोयल बारो ग्रिनविच नेपाली समाज बेलायत ।
१३. सल्लाहकार– बुद्ध फाउन्डेशन, बेलायत ।
१४. सल्लाहकार– प्रतिभा नक्षेत्र, बेलायत ।
१५. सल्लाहकार– जनजाति पत्रकार महासंघ, बेलायत ।
१६. संस्थापक कार्यकारी सदस्य– स्वर्गीय आदिकवि हर्कबहादुर गुरुङ, अक्षयकोष समिति, नेपाल ।
१७. सदस्य– पत्रकार महासंघ, बेलायत ।

उनको सेवा भावलाई कदर गर्दै, बिभिन्न संघसंस्थाहरुले प्रशंस–पत्र सहित मानसम्मान प्रदान गर्नु भएको छ ।

१. चित्रे गाउँ समाजद्धारा अबिरजात्रा सम्मान, २००१ ।
२. गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद हङकङद्धारा विशेष सम्मान, २००५ ।
३. तमू ट्हो ह्युल, हङकङद्धारा प्रशंस–पत्र र सम्मान, २००७ ।
४. पर्वत मञ्च, हङकङद्धारा प्रशंस–पत्र र सम्मान, २००८ ।
५. हङकङ ह्युमेन रिसोर्सेज, हङकङद्धारा सम्मान, २००८ ।
६. दक्षिणपूर्व क्षेत्रीय तमूधीँ, बेलायतद्धारा साहित्य सम्मान, २०११ ।
७. तमूधीँ, नेपालद्धारा सम्मान, विसं २०११ ।
८. अनेसासद्धारा प्रशंस–पत्र र सम्मान, २०११ ।
९. पर्वत मञ्च, हङकङद्धारा विशेष सम्मान, २०११ ।
१०. पञ्चासे सहयोग समिति, हङकङद्धारा विशेष सम्मान, २०११ ।
११. तमूधीँ, बेलायतद्धारा साहित्य सम्मान, २०११ ।
१२. तमूधीँ, बेलायतद्धारा प्रशंस–पत्र र साहित्य सम्मान, २०१३ ।
१३. नौलो खबर तथा साहित्य समाज पोखराद्धारा सम्मान, २०१४ ।
१४. दक्षिणपूर्व तमूधीँ लन्डनद्धारा प्रशंस–पत्र र सम्मान, २०१५ ।
१५. अनेसास, बेल्जियम च्याप्टरद्धारा प्रशंस–पत्र र सम्मान, २०१५ ।
१६. तमूधीँ, बेल्जियमद्धारा सम्मान, २०१५ ।
१७. क्षेत्री समाज, बेल्जियमद्धारा सम्मान, २०१५ ।
१८. तमूधीँ, जापानद्धारा सम्मान, २०१५ ।
१९. अनेसास, जापानद्धारा सम्मान, २०१५ ।
२०. नेपालको महाभूकम्पबाट ध्वास्त पशुपति उच्च मा.वि. र राम्जाठाँटी, पर्वतलाई विद्यालय पुनःनिर्माणमा सहयोग प्रदान गरे वापत प्रशंसपत्र र सम्मान, २०१५ ।
२१. अनेसास, गण्डकी अञ्चलद्धारा प्रशंस–पत्र र सम्मान, २०१६ ।
२२. सिद्ध बराह युबा क्लब, चित्रे पर्वतद्धारा सम्मान, २०१६ ।
२३. दक्षिणपूर्व क्षेत्रीय तमूधीँ लन्डलद्धारा सल्लाहकार पुरस्कार, २०१६ ।
२४. अनेसास, नेपाल च्याप्टरद्धारा प्रशंस–पत्र र सम्मान, २०१६ ।
२५. गुरुङ साहित्य समाज, पोखराद्धारा सम्मान, २०१७ ।
२६. तमू सांस्कृतिक प्रतिष्ठान, पोखराद्धारा सम्मान, २०१७ ।
२७. अनेसास पर्थ च्याप्टरद्धारा प्रशंस–पत्र र सम्मान, २०१७ ।
२८. तमू समाज, सिडनीद्धारा सम्मान, २०१७ ।
२९. तमूधीँ, नेपालद्धारा ताम्रपत्र र सम्मान, २०१९ ।
३०. चित्रेली समाज, पोखराद्धारा ताम्रपत्र र स्रष्टा सम्मान, २०१९ ।
३१. छैठों अनेसास, बेलायतद्धारा सम्मान, २०१९ ।
३२. बाह्रबिसे पैगीलामाद्धारा बुद्ध प्रतिमा, ताम्र–पत्र र सम्मान, विसं २०७८ ।
३३. बंशु गुरुङ स्मृति प्रतिष्ठानद्धारा प्रशंस–पत्र र सम्मान, विसं २०७९ ।
३४. डागर स्मृति प्रतिष्ठान, पोखराद्धारा साहित्य पुरस्कार, २०७९ ।
३५. नत्थुप्रल्हाद ङेह्रोपैगीलामा स्मृति प्रतिष्ठानद्धारा, सम्मान, विसं २०८० ।
३६. नेपाल मुक्तक प्रतिष्ठान, बेलायतद्धारा सम्मान, २०२३ ।
३७. तमूधीँ, बेलायतद्धारा सम्मान–पत्र र दोसल्ला, २०२३ ।
३८. बुद्धिजम डिजीटल लाइब्रेरी, अमेरिकाद्धारा सद्भावना राजदूतको प्रमाण–पत्र र फेटा सम्मान, २०२३ ।

उनले भारत, बगंलादेश, भूटान, थाईलैण्ड, सिंगापुर, हङकङ, चीन, मकाउ, फ्रान्स, स्विचरलैण्ड, इटली, अस्ट्रिया, नेदरलैण्ड, बेल्जियम, जापान, अस्ट्रेलिया र अमेरिकाको भ्रमण गरेका छन् ।

उनी डायमण्ड बुद्धिस्ट सेन्टर, बेलायतका संरक्षक हुन् । समाज सेवा र साहित्यमा रमाउनु हुन्छ । बौद्ध दर्शनमा पारंगत भएकाले, यो आमुल्य मानव चोलामा शुखि भएर बाँच्न जान्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । वहाँको सामाजिक सेवा र साहितिक यात्रा निरन्तर रहोस् । भवतु सर्वमंगलम् ।

BDL Scholar/Editorial team
Last update on 10/29/23

Read more … 128. A Biography of Sumal K Gurung, UK …