Members

यस संस्थालाई बिधिवत सञ्चालन गर्नाको लागि देह बमोजिमको परिभाषित सदस्यहरु रहने छन् । प्रत्येक सदस्यहरुको पहिचान हुने गरी फोटो आइडी सहित प्रमाण–पत्र प्रदान गरिने छ ।

१. संस्थापक सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरी (बिडीएल), इन्क, स्थापना गर्दा उपस्थित रहेका पाँच जना सदस्यहरुलाई संस्थापक सदस्य भनिने छ । संस्थापकहरुको हकमा दफा १५ लागु हुने छैन ।

२. ट्रष्टि सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीको लागि तोकिएको रकम तिर्ने ब्यक्तिहरुलाई ट्रष्टि सदस्यता प्रदान गरिने छ ।

३. आजिवन सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीको लागि तोकिएको रकम तिर्ने ब्यक्तिहरुलाई आजिवन सदस्यता प्रदान गरिने छ ।

४. काउन्सिल सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीको लागि तोकिएको रकम तिर्ने ब्यक्तिहरुलाई काउन्सिल सदस्यता प्रदान गरिने छ ।

५. संरक्षक सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीको लागि तोकिएको रकम तिर्ने ब्यक्तिहरुलाई संरक्षक सदस्यता प्रदान गरिने छ ।

६. मानर्थ सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीको लागि अध्ययन तथा अनुसन्धान गरी सहयोग प्रदान गर्ने ब्यक्तिहरुको सम्मानका लागि मानर्थ सदस्यता प्रदान
गरिने छ । तर, मतदान गर्ने अधिकार हुने छैन ।

७. डोनर सदस्य— बुद्धिजम डिजीटल लाइब्रेरीलाई दान गर्ने दाताहरुलाई सम्मानको लागि डोनर सदस्यता प्रदान गरिने छ । तर, मतदान गर्ने अधिकार हुने छैन ।

सदस्य शुल्कः
१. ट्रष्टि सदस्य $१०००. (एक हजार भन्दा माथि)
२. आजिवन सदस्य $५००. (पाँच सय भन्दा माथि)
३. काउन्सिल सदस्य $१००. (एक सय भन्दा माथि)
४. संरक्षक सदस्य $५०००. (पाँच हजार भन्दा माथि)
५. प्रतिनिधि सदस्यहरु आजिवन सदस्य सरह हुने छ ।
६. मानर्थ सदस्यहरुलाई कुनै शुल्क लाग्ने छैन ।
७. डोनर सदस्यहरुले आफु खुशि दान दिन सक्ने छ ।

8. BDL Nepali Bylaw 2024…

Last update on 5/21/2024