131. Autobiography of Scholar Karsang Lama, USA.

131. मेरो आत्मबृतान्त, कर्साङ लामाः

नेपाल गण्डकी प्रदेश नं ४को ९ वटा जिल्ला– हरुमा उत्तर भोटको सिमानासंग जोडिएको जिल्ला हो मनाङ । यसको सदरमुकाम चामे हो । मनाङको बारेमा संक्षिप्तमा भन्नु पर्दा, अत्यन्तै दुर्गम जिल्ला मध्येमा गनिन्छ । यसको क्षेत्रफल २, २४६ बर्ग किलोमिटर छ । भूगोल अनुसारको जनसंख्या छैन । कुल मिलाएर ४ गाउँ पालिका छन् । यहाँको जनसंख्या ६, ५३८ मात्र छन् ।

समय परिवर्तनशील रहेछ । बिकासको लहरले मनाङलाई पनि छोयो । विक्रम संवत २०६० सालदेखि बेसीशहर मनाङको कच्ची बाटो निर्माणको बिकास आरम्भ भयो । २०७० सालमा पहिलो पटक बिकासको नाउँमा मनाङ जिल्लामा गाडी गुग्यो । त्यो अबिस्मरणिय बिकासको क्षण जिल्लावासीहरुको लागि अत्यन्तै हर्ष र उल्लासको समय थियो । यातायात क्षेत्रमा बिकासको नौलो अनुभति भैरहेको थियो ।

मनाङ जानका लागि काठमाडौबाट डम्रे बेसीशहर हुदै मालेबगर, खुदीबजार, भुलभुले, ङादी, च्याम्चे, जगतबाट ताल पुगिन्छ । ताल गाउँ लमजुङ र मनाङको सिमाना हो । बेसीशहरबाट मनाङसम्म लगभग ५० किलो मिटर छ । गाडीमा लगभग ८ घन्टा समय लाग्छ । तर, बाटो पिच नभएकोले मौसममा निर्भर रहने गर्दछ ।

मनाङबाट तिलोचो हिमताल ताल हुदै जोमसोम पदयात्रा मार्ग, ५१३५ मिटर नमुन पास गरेर ख्होलसोँथर आउने पदयात्रा मार्ग, ५३५८ मिटर थोरङला पास गरेर मुक्तिनाथ पदयात्रा मार्ग र तिल्चे हुदै लार्केपास यदयात्रा गर्ने रमाइलो पदमार्ग पनि छन् ।

मनाङ जिल्लाको चार किल्लाको हकमा भन्नु पर्दा, पूर्बमा गोर्खा, दक्षिणमा लमजुङ, पश्चिममा मुस्ताङ र उत्तरमा तिब्बत भोट सिमाना रहेको छ ।

अहिले मनाङ जिल्लामा पर्यटन ब्यवसाय र स्याउ खेतीले अग्रगति लिएका छन् । अन्नपूर्ण कन्जरभेशन प्रोजेक्ट ब्ऋब्एको रिपोर्ट अनुसार मनाङ जिल्लामा अन्दाजी २, १९, ८०४ रोपनीमा आधूनिक प्रणालीद्धारा स्याउ खेती गरिएको अनुमान गर्न सकिन्छ । वार्षिक रुपमा अनुमानित ८, ००० पर्यटन आउने अनुमान छ । बेसीशहरसंग यातायात जोडिएकोले आवत जावतमा सहज भएका छन् । होङ्डेमा सानो बिमान स्थल भए पनि प्राबिधिक कारणले नियमित सेवा भने हुन सकेको छैन । भविष्यमा स्तरोन्नति हुन सक्ने संभावन रहेको छ ।

Read more …