141. Kanyadan Sanskar Pooja Lifestyle & Sutra.

141. कन्यदान संस्कारः

यो बिबाह संस्कार संसारका सबै जात, जाति, वर्ग, धर्म र समुदायले स्विकार गरेको सर्वसम्मत संस्कार हो । खालि भाषा, धर्म र समुदायको हिसावले नाम र संस्कारमा मात्र फरक भएको देखिन्छ । यसको मूल उद्देश्य भनेको रीतभात पुरायर बैवाहिक सम्बन्ध स्थापना गरी सामाजिक मुल्य र मान्यता प्राप्त गर्नु हो ।

यसलाई तमू भाषामा ङेच्याब भन्दछ । ङेच्याबको नेपाली अर्थ बिबाह वा कुटुम्ब लाउने भन्ने हुन्छ । अर्थात (ङे) भनेको कुटुम्ब र (च्याब) भनेको मुच्छनु हो । तर, यस प्रसंगमा मुच्छनु भन्नेको हित्तचित्त मिलेको ठाउँमा कुटुम्ब लाउनु हो । कुटुम्ब लाउनु भनेको, दुबै सम्धिहरुले शुभ लग्न पारी आम्ने साम्ने बसेर दुबैले एकसाथ हात जेलेर एकै पटकमा टिका लाउनु हो । यसरी कुटुम्ब लाए पछि घनसम्पत्ति र सामाजिक मानसम्मानमा दुबै समान भएको मानिन्छ । आजभोली त लिभिङ टुगेदर भनेर हल्का माङनी गरेपछि त संगै बस्ने चलन पनि चलेका छन् ।

गुरुङ समुदायमा धेरै प्रकारका बिबाहहरु हुन्छन् । थरिथरिका बिबाहमा रीतिरिवाज पनि बिभिन्नै तरिकाले गरिन्छ । जसमा माँगि, चोरी, खुसिली, स्वयम्वर, जारी र कानुनी गरी छ प्रकारले बिबाह गर्न सकिन्छ । ती रीति रीवाजहरु संक्षिप्तमा वर्णन गरिएको छ ।

Read more … 141. Kanyadan Sankar Pooja...