128. गुरुङ बौद्ध संस्कार:
शाक्यमुनी बुद्ध भगवानले प्रतिपादन गर्नु भएको बुद्ध धर्म मानव जातिको साझा धर्म हो । जुन बुद्ध परिनिर्वान पश्चात थेरवाद (हीनयान), महायान, बज्रयान अर्थात् त्रीयानको विकास हुन गयो । तीमध्ये गुरुङ समुदायले अपनाई आएको बौद्ध धर्म महायानी बज्रयानी अन्तर्गतको तन्त्रमन्त्र र सूत्रमा आधारित गुरु पद्मसम्भवले तिब्बतमा महायानी बज्रयानी बौद्ध धर्ममा बोन संस्कारसमेत समावेश गरी अपनाई आएको महायानी लामा बौद्ध धर्ममा गुरुङ (तमू) संस्कार समेत समाविष्ट गरी अभ्यास गर्दै आएको पाइन्छ ।
लामा गुरुहरूले पाठ गर्ने मोन्लम प्रार्थना तिब्बती भाषा नजान्ने सर्वसाधारणले समेत बाचन गर्न सजिलो होस् भन्ने हेतुले संकलन गरी सरल नेपाली भाषामा उच्चारण गरिने यो बौद्ध मोन्लम कोरोना कहरको कारण घरमै बस्न बाध्य पारेको समयको सदुपयोग गरी अर्थसहित नेपाली भाषामा प्रस्तुत् गर्ने जमर्को गरेको छु ।
अन्य धर्मले सबै प्रकारका समस्याहरू ईश्वर भगवानको पूजा आराधनाले समाधान हुन्छ भनिएको छ भने बुद्ध भन्नु हुन्छ समस्याको समाधान हुने मार्ग दर्शाएको छु । त्यसअनुसार स्वयं आफैले हिड्न सिक्नु पर्दछ । अनि मात्र समस्याको समाधान हुनेछ । डाक्टरले औषधी बताई दिने हो, निको हुन औषधी बिरामी आफैले सेवन गर्नु पर्दछ ।
त्यस्तै पुजापाठ मोन्लम प्रार्थना पनि आफु स्वयम्ले गर्नु पर्दछ र मात्र फल प्राप्त हुन सक्दछ भन्ने सिद्धान्त अनुसार यस मोन्लम संग्रहले उपासक उपासिकाहरूलाई प्रार्थना गर्न सहयोग पुग्नेछ । लामागुरु उपलब्ध हुन नसकेको अवस्थामा समेत आवश्यक मोन्लम पाठ पढी पितृमोक्ष कार्य सम्पन्न गर्न सकिने यो मोन्लम संग्रह प्रकाशनमा ल्याइएको छ ।
Read more … 128. गुरुङ बौद्ध मोन्लम संग्रह, नेपाली …

