127. गुरुङ बौद्ध संस्कार:

बुद्ध धर्ममा प्रवेश गरिसकेपछि कुनै जात जातीको मान्यता रहंदैन । सबै समान मानव जाती बन्नेछन् । बुद्ध स्वयं पनि शाक्य बंशिय नामबाट परिचित थिए । बुद्धदर्शन सबैको एउटै भएता पनि अभ्यासको क्रममा थेरवादी, माहायानी, बज्रयानी मार्गमा अभ्यास गर्ने तरिका फरक पाइन्छ । त्यसै गरि थाइल्यान्ड, भेतनाम, लावस, हङकङ, जापान, कोरिया, चाइना आदि देशहरुमा पनि फरक ढंगले अभ्यास गरेको देखिन्छ ।
यतिबेला विश्वका सबै जनजातीहरुले आ–आफ्नो जातिया पहिचान र अस्तित्वको खोजि गरिरहेको आवस्थामा हामी तमू (गुरुङ)हरुले पनि आफ्नो जातिया पहिचान जोगाउन भाषा, धर्म, भेषभुषा र संस्कार संस्कृतीको संरक्षण गर्न तर्फ अग्रसार छौं ।
त्यसार्थ, जसरि बाउ आमा बन्न छोरा छोरी जन्म हुन्नु पर्दछ त्यसैगरि धर्मकार्म गर्ने सुरुवात पित्रीकार्यबाट पनि हुन सक्दछ भन्ने अवधारणको उधारण लिंदै शव दाहान गरि सके पश्चात छोरा छोरीहरुलाई किरिया कार्य भरि अष्टशील पालन गराउन मामाले कपाल खौरिदिए पछि लामाले बुद्ध, धर्म, संघमा सरणगमन गराइ कर्ताको इक्ष अनुसार ३ वा ७ दिनको लागि शिल प्रदान गरि अष्टशील पालन गर्ने विधि पद्यति सिकाइ दिने वा बुझाइ दिने । अष्टशील पालन गर्न नसक्ने असक्तहरुलाई पन्चशीलको ज्ञान दिने प्रतिज्ञा गरेको दिनसम्म घर वा तोकिएको स्थान भन्द बहिरा नगइ शुद्ध वस्त्र पहिरिइ कलेजी वा पहेलो पछयौरा ओढि पित्री कृया (किरिया) बस्ने वातवरण श्रीजना गर्ने परिपाठि बसाल्न सके धर्म संग संस्कार पनि संगै अभ्यास गर्न सकिने छ भन्ने हामो बुझाइ छ । जुन प्रकृया २१औं सताब्दिलाई सुहाउंदो पनि छ ।
Read more … 127. गुरुङ बौद्ध संस्कार, नेपाली …

