142. Gunyucholi Sanskar Pooja Lifestyle & Sutra.

142. गुन्यूचोली संस्कारः

यो ङ्योएचोलो तमू भाषाको मौलिक शब्द हो । ङ्योएचोलोको नेपाली अर्थ गुन्यूचोली भन्ने हुन्छ । गुरुङहरुको सामाजिक संस्कारमा छोरी यौवन अवस्थामा प्रवेश गर्न थालेपछि राम्रो दिन बार पारेर शुभ लग्नमा प्रथम पटक पूर्णरुपमा गुरुङ भेषभूषाद्धारा सिंगारिदिन्छे । यसैलाई गुरुङ समुदायमा ङ्योएचोलो संस्कार भनिन्छ ।

यो चलन गुरुङ समूदायमा मात्र होइन । नेपाली समूदाय सबैले गर्ने गर्दछन् । फरक यति मात्र हो कि, कसैले परम्परागत संस्कारलाई प्राथमिकता दिन्छन् । कसैले बैधानिक परम्परालाई मान्यता दिन्छन् । कसैले आधूनिक संस्कारको प्रभावमा गर्ने गर्दछन् । यो संस्कारलाई गोरा जातिहरुले पनि Sweet sixteen भनेर मनाउद छन् । जसरी मनाए पनि यसको उद्देश्य एउटै हो । त्यो हो, सामाजिक मुल्य र मान्यताको अधिकार ।

यसरी ङ्योएचोलो संस्कार गर्ने दिनमा मावलीहरु, छोरीचेलीहरु, भाइवन्धुहरु र इष्टमित्रहरु सबैलाई आमन्त्रण गरेर आशीर्वादका साथै टीका लगाइ दिइ सानो तिनो उपहार दिने चलन पनि छ । त्यसपछि जलपान र भोजभतेर खाइ खुसियाली मनाउदै रमाइलो वातावरणमा यो संस्कार मनाउने परम्परा रहिआएको छ । पुरोहितले बुद्धबचनको आधारमा सूत्रपाठ गर्दछ ।

Read more … 142. Gunyucholi Sanskar Pooja...