140. Gharpaincho Sanskar Pooja Lifestyle & Sutra.

140. घरपैचो संस्कारः

सबै नेपालीहरुले बुझ्ने भाषामा भन्नु पर्दा, नयाँ घरमा प्रवेश गर्ने समयमा गरिने पूजालाई घरपैचो (घीँसोँब) भनिन्छ । हामी मानिसहरु सामाजिक प्राँणी भएकाले जन्मी हुर्की पडे लेखेर ठुलो मान्छे भएपछि सामाजिक सेवा गर्ने, पेसा वा व्यवसाय गरेर सामाजिक प्रतिष्ठा कमाउने प्रत्येक मानिसभित्र दब्बिएर बसेको असीमित इच्छा आकांक्षाहरु हुन्छन् । त्यसैले, धनार्जन गरिसकेपछि नयाँ घर बनाउँछन् । नयाँ घर बनाइसकेपछि प्रथम पटक घर प्रवेश गर्ने दिनलाई धींसोँब अर्थात घरपैँचो भन्दछ । घरपैँचो गर्दा नयाँ घरमा पुरोहितहरु बोलाई स्वस्ति वाचन र ग्रह शान्ति गरी पवित्र गरिन्छ । यो पावन अवसरमा आफ्ना इष्टमित्रहरु सबैलाई आमन्त्रण गरी भोज भतेर खाने र रमाइलो नाचगान गरी खुसियाली मनाउँदछन् ।

साँझ ह्योँ खुब अर्थात लक्ष्मी, तारा वा पाँङग्रेस्योको पूजा गरी घरको रखोबार गर्नु पर्छ । भोली पल्ट एकदिन घर बार्नु पर्छ । घर बार्नु भनेको एकदिन कुनै प्रकारको लेनदेन नगर्ने, घरबाट अन्यत्र बास बस्ने गरी पनि नजाने । त्यो दिन पाहुनाहरुलाई पनि निषेध गर्ने । यस्तो कृयालाई गुरुङ संस्कारमा घर बार्ने भन्दछन् । घर बार्ने क्रिया राम्रो भएन भने सह, रत्न, ह्योँ, लक्ष्मी, तारा वा मणि ह्योँखारा पाँङग्रेस्योको बास राम्रो हुदैन भन्ने परम्परागत् सामाजिक मुल्य र मान्यता रही आएको छ ।

Read more … 132. Gharpaicho Sanskar Pooja