126. Buddhabachan by Khenpo Basant Gurung & DB Gurung, USA.

126. बुद्धबचन:

बुद्धबचनमा बस्तुवाद र हेतुवाद गरी दुइवटा मार्गहरु छन् । बस्तुवाद भनेको जीवन पद्धति हो । यसमा केमेइस्ट्रीको महत्वपूर्ण स्थान हुन्छ । अर्थात मात्रालाई प्राथमिकता दिइन्छ । जस्तैः तरकारी पकाउँनका लागि आवश्यक पर्ने नुन, तेल, मसला, अदुवा, ल्हसुन, हरियो धनियाको पात आदिको मात्रा सही ढंगमा प्रयोग भएको छ भने, तरकारीको स्वाद उत्कृष्ट हुन्छ । उत्कृष्ट बस्तु अमृत समान हुन्छ । अमृत खाए पछि आनन्द हुन्छ । आनन्द भए पछि मनस्थिर हुन्छ । मनस्थिर भए पछि बृत्तिबिकास आरम्भ हुन्छ । बृत्तिबिकास भए पछि चारैतिर कीर्ति फैलिन्छ । जीवनमा अमूल परिवर्तन भएको अनुभूति हुन्छ । उन्नति, प्रगति र समृद्धि आफ्नै वरिपरी घुमिरहेको आभास हुन्छ । यही हो बस्तुवाद भनेको ।

हेतुवाद भनेको कार्यकारण सिद्धान्त हो । कारण र परिणाम अर्थात प्रतित्यसमुत्पाद हो । यो आश्रित सिद्धान्त हो । यहीबाट बुद्ध दर्शन आरम्भ हुन्छ । जस्तैः एउटा दियोलाई लिउँ । एउटा कोठामा दीयो बलिरहेको छ । तर, दियो बाल्नका लागि एउटा दियो मात्र पर्यप्त हुँदैन । यसका लागि प्याला, तेल, बात्ति, बाल्नका लागि माचिस, दियो बल्न सक्ने उपयुक्त बातावरण, पर्यप्त अक्सिजन, हावा नचल्ने र वर्ष नहुने आदि बातावरणमा दियो बाल्न सकिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । यो प्रकृयालाई हेर्दा, दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा लिन सकिन्छ । अर्थात एउटा बस्तुको जगमा अर्कोले अस्तित्व प्राप्त गर्दछन् । यसैगरी, खेन्पो बसन्त गुरुङको बिद्धतामा तयार भएको ‘बुद्धबचन’मा मैले आफ्नो प्रतिविम्ब हेर्ने प्रयास गरेको हुँ ।
Read more …  118. बुद्धबचन, नेपाली …