129. Autobiography of Kalyanmitra DB Gurung, USA.

129. मेरो आत्मबृतान्त, डीबी गुरुङः

सन् २०२० सालको कोभिड–१९को लकडाउन को अवधि भरमा ब्लग लेख्ने मेरो दैनिकीनै भयो । ब्लग मात्र कति लेख्नु र ? आफ्नै आत्मबृतान्त पनि आफै लेख्न थालेको छु । जीवनको बसाइँ सराइको सत्य, कथा र ब्यथाको उकाली ओरालीहरुलाई आत्मबृतान्तको र्शिषकद्धारा मेरा बिद्धान पाठकहरुलाई पस्कन खोजेको छु । यो कथा र ब्यथाको दृष्यहरु कत्तिपनि काल्पनिक होइन । वास्तवमा जिवनको परिभाषा के हो ? कतिसम्म अमिलो र पिरो हुँदोरहेछ ? मैले खुदै गरेको र भोगेको यर्थातताको आधारमा लेख्ने प्रयास गरेको हुँ । लेखाइको क्रममा शब्दहरुको चयन सही हुन नसक्नु र दोहोरिरहनु मेरो काँचोपन हो । आफ्नो किलोथलो छाडेर बसाइँ सराइ गर्नेहरुको कथा र व्यथा कति दर्दनायक हुन्छ ? मेरा कुलकुटुमबहरु, इष्टमित्रहरु जस्ले मलाई चिन्दछ । साथै मेरा सन्तान र दरसन्तानहरुलाई पनि जानकारी होस् भन्नका लागि संक्षिप्तमा यो आत्मबृतान्त लेखेको हुँ ।

मेरो राशीको नाम दुर्ग बहादुर हो । काम बहादुर नभए पनि नाम चाहि बहादुरनै छ । चलन चल्तिमा धिरबहादुर र गाउँले भाषामा धिर, धिरे, धिरु, धिरज पनि भन्दछन् । बाउ बाजेको नामले गर्दा, साहुहरुबाट रिन पनि पत्याइ हाल्ने भएकोले आफन्तहरुले पछाडिबाट रिनबहादुर पनि भन्छन् मलाई ! जापानिजहरुले तमुयामा, अंग्रेजीले जोन कोरियनले भावना र प्रवासीहरुले डीबी भन्ने गर्दछन् ।

म गुरुङ भाषाको बिद्यार्थी भएको हुनाले भाषाको प्रचार प्रसार गर्नका लागि नामको अगाडि चोग भन्ने बिशेषण पनि भिरेको थिए । यो चोग भन्ने शब्द गुरुङ भाषामा प्रचलित बिशेषण हो । जसको भावार्थ भाषा, संस्कार र संस्कृति जान्ने र बुझ्ने बिज्ञ भन्ने हुन्छ । अंग्रेजीमा क्अजयबिच भन्दछ । यो शब्द कसैको दयामायाले बक्शिस दिएको जुठो, पुरो वा जडुरी हैन ! गुरुङ भाषाको विद्यार्थी भएको नाताले स्वयं ग्रहण गरेको हुँ ।

मेरो पुस्तावलीलाई हेर्ने हो भने, पाँच पुस्तादेखि लम, लामाको शास्त्रिय विद्या अर्थात हिमाली बज्रयानी बौद्धदर्शन अध्यान गर्दै आएको लम पुस्ता हो । तर, मेरो पुस्तादेखि लमको हेँदो सार्वजनिक रुपमा हुन सकेन । त्यसैले प्रवासमा भए पनि बाउ बाजेलेझै सार्वजनिक सेवा उपलब्ध गराउन Buddhism Digital Library मा काम गर्न थालेको छु । बौद्धदर्शनको भाषामा कल्याणकारी काम गर्नेहरुलाई कल्याणमित्र भन्दछन् ।

Read more … 129. Autobiography of Kalyanmitra BD Gurung USA.