137. दैनिक प्रार्थना कसरी गर्ने ?
बौद्धदर्शनमा थुप्रै यानहरु, सम्प्रदायहरु र मतहरु छन् । सबैका आ–आफ्नै मुल्य र मान्यताहरु छन् । जसमा महायानी, हिनयानी (थेरपद) मन्त्रयानी, तन्त्रयानी र हिमाली बज्रयानी परम्पराका मत बिशेष रहेका छन् ।
यसरी समय समयमा बौद्धसंघायना हुदै छुट्टिएका मत र सम्प्रदायहरु भित्र पनि आ–आफ्नै गुरुपरम्परा रहेका छन् । जस्तै, तिब्बतीयन बुद्धिजममा निङम, कग्यु, साक्य र गेलुक मतहरु छन् । प्रत्येक मतका मुल्य र मान्यताहरु पनि फरक फरक छन् । बौद्धदर्शन भित्र यसरी फरक फरक मत किन भयो ? भन्ने सवाल उठ्नु स्वभाविक हो । तर, बौद्धदर्शन भनेको ब्रह्माण्ड हो । अंग्रेजीमा यसलाई ऋयकmययिनथ भन्दछ ।
यसरी अलग अलग मत र सम्प्रदायहरु हुनु भनेको ‘अपोदीपभव’ हो । अपोदीपभव भनेको मूल पाली भाषाबाट ब्युत्पति भएर संस्कृत संस्कारमा मौलाएको शब्द हो । यसको मूल आसय भनेको आफ्नो खुट्टामा आफै उभिनु हो । आफ्नो दीपक आफै हुनु हो । आफ्नो पौराखमा रमाउनु हो । अरुको सहरा नलिइकनै सम्याक जिविका गर्नु हो । अहं बुद्धस्मि भन्नु हो । अर्थात सबैमा बुद्ध बन्न सक्ने क्षमता छ । यसलाई जगाउनु पर्छ भन्ने अर्थमा बुझ्नु पर्छ । जसले यो मन्त्र बुझे उनले गुरुपरम्परा चलाए । अरु उनको चेला बने । आजसम्म यही चलन चलेको छ ।
अब कुरा आउछ, दैनिक प्रार्थना किन गर्ने ? प्रार्थना गरेर के उपलब्धि हुन्छ ? कस्तो फल प्राप्त हुन्छ ? प्रश्न बडो गम्भिर छ ?! तितो सत्यमा भन्नु पर्दा, आफ्नो दीपक आफै बाल्न नसक्ने भगवानको मुर्तिको अगाडि गरेको प्रार्थनाले के फल हुन्छ ? उनले फल दिन सक्छ ? कस्तो नमिठो प्रश्न छ । तर, प्रश्न चाहि सही छ । मेरो मनमा पनि बारम्बर यही प्रश्न उठिरहने गर्दथ्यो । बुद्धदर्शनलाई बुझ्दै जाँदा, वास्तवमा (कारण, परिणाम र उपाय)को सूत्रको बारेमा राम्रोसंग बुझिसके पछि, बुद्ध हाम्रो मार्ग दर्शनको प्रतिक रहेछ, भन्ने कुरा स्पष्टसंग बुझे ।
भन्न खोजेको कुरा के हो भने, भगवानको अगाडि बसेर मन शान्तसंग एकाग्र बनाएर प्रार्थना, स्तुति, भजन, किर्तन, ध्यान, साधना र समाधिमा बस्न सकेमा मन स्थिर हुन्छ । स्थिर मनले गरेका कर्महरु अत्याधिक मात्रमा सही हुन्छन् । कर्म सही भए पछि परिणाम पनि उत्कृष्टनै हुन्छ । उत्कृष्ट परिणाम भए पछि उन्नति, प्रगति र समृद्धिको पथमा अगाडि बढन सकिन्छ । यही मार्गबाट समृद्धिको शिखरमा पुग्न सकिन्छ । अनि, जीवनमा अमूल परिवर्तन हुन्छ । यही हो दैनिक प्रार्थनको परिणाम भनेको । यो मेरो ब्यक्तिगत अनुभव यहाँहरुलाई साझा गरको मात्र हुँ । तपाइँको चित्त बुझ्यो कि बुझेन ? प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया मेरो लागि उर्जा सबित हुनेछ ।
Read more …137. Daily chanting…

