139. Birthday Celebration Sanskar Pooja Lifestyle & Sutra.

139. जन्मदिवस संस्कारः

यो जन्मदिवस संस्कार Birthday Celebration सबै मानव समुदायले मनाउने गर्दछन् । सबै धर्म, जात, जाती र समूदायले आ–आफ्नै परम्परागत संस्कार अनुसार मनाउने गर्दछन् । हामीले देख्ने र बुझ्ने फरक भनेको खालि संस्कार मात्र हो । यसको सारतत्व भनेको दीर्घायुको लागि आशिरबचन दिनु हो ।

गुरुङ बुद्धिजमको मुल्य र मान्यता अनुसार जन्मदिवस मनाउदा, पानसमा शुद्ध ध्यूको बत्ति र धूप बाल्ने । एक मानाको भात पकाएर कुल देउताको नाउँमा ‘हिदम’ कैँदु वा तोर्मा बनाउने र थालमा राख्ने वा समयको माग अनुसार केक तयार गर्ने । केकमाथि Happy Birthday Celebration आदि लेख्न सकिन्छ । साथमा फलपूmलहरु राख्ने ।

महिलाको भए सातसरो र पुरुषको भए नौसरो राखेर रिपु बनाउने । त्यसलाई हिदम कैँदुको घाँटीमा राख्ने । एउटा लोटामा चोखो पानी तयार पार्ने । अब सामग्रीहरु तयार पारिसके पछि लम, लामा, आनी, आचार्य, कल्याणमित्र, उपासक, उपासिका बोलाई स्वस्ति शान्ति गर्ने । गुरुहरु उपलब्ध हुन नसके शुद्धसंग पढन जान्ने जुनसुकै मानिसले बुद्धबचनमा आधारित सूत्रपाठ गर्ने ।

यो शुभ कार्यमा मोम बात्ति बालेर फेरी निभाउनु चाहि उपयुक्त होइन, भन्ने कुरा बुझ्नु होला ।

Read more … 131. Birthday Celebration Pooja