124. Awataar A Novel by Kalyanmitra DB Gurung, USA.

124. पुनर्जन्मको आधारमा आधारित
सामाजिक उपन्यास अवतारको परिदृष्यहरुः

आदरणीय कल्याणमित्र साथीहरु नमस्कार ।
मैले बिगत एक दशकदेखि बौद्धदर्शनको अध्ययन गर्दै आएको छु । यस दौरान मैले के अनुभूति गरे भने, बौद्धदर्शनलाई मुख्यातय दुइ तरिकाले अध्ययन र अभ्यास गर्न सकिन्छ ।

हाम्रो एशियाली समुदायमा बुद्धदर्शनलाई धर्मको रुपमा बिश्वास गर्ने ठुलो संख्यामा छन् । उनीहरुलाई अनुयायी वा भक्तजन भन्दछन् । उनीहरुले भक्तिभावका साथ पूजापाठ गर्ने, मोन्लम पाठ गर्ने, धेरैभन्दा धेरै ढोग गर्ने, अभिशेष लिने, प्रवचन सुन्ने आदि नित्य कर्महरु गर्दछन् । तर, बुद्धदर्शनलाई जीवन पद्धतिको रुपमा अभ्यास गर्दै पिटकहरुको गहिराइमा अध्ययन गर्नेहरुलाई बिद्यार्थी भन्दछन् । त्यही अनुरुप अहिले म मल्याणमित्र मतमा प्रवर्जित भएको बुद्धदर्शनको बिद्यार्थी हुँ ।

तथागत शाक्यमुनि गौतम बुद्धले ६ वर्षसम्म महातपस्य गरेर बोधिगयामा बैसाख पूर्णिमाको प्रथम प्रहारमा प्रप्त गरेको ‘बुद्धत्व’ बोधिज्ञानमा पुर्वानुस्मृति, ब्युत्पति, बोधिचक्ष्यु चारआर्य सत्या, पञ्चशील, अष्टमार्ग र प्रतित्यसमुद्पात हन् ।

यसलाई उचित ढंगाले अध्ययन र अभ्यास गर्दै, तृष्णालाई त्याग्न सकेमा अरहत वा अहर्तत्व प्राप्त गर्न सकिन्छ । अहर्तत्व भनेको श्रोतापन्न हुनु हो । अर्थात सुनेकै भरमा सम्पूर्णता हुनु हो । एक पटक धर्मदेशना सुनेपछि त्यसलाई हुबहु दोश्रो ब्यक्तिलाई पुनः देशना गर्न सक्ने असाधारण क्षमता हुनु हो । त्यस्ता भिक्षु, भिक्षुनी, लामा, उपासक र उपासिकाहरुलाई अरहत वा अर्हत भन्दछन् । अपोदीपभव मतमा कल्याणमित्र र महायानी भाषामा बोधिसत्व भन्दछन् । समग्रमा यसको अर्थ एउटै हो ।

तथागत गौतम बुद्धले प्रतिपादन गरेको बुद्धदर्शनको अन्तिम लक्ष्य भनेको निर्वान प्राप्त गर्नु हो । अब प्रश्न आउछ कि, निर्वान भनेको के हो ? कुन अवस्थामा कसरी प्राप्त गर्न सकिन्छ ? किन प्राप्त गर्ने ? निर्वान प्राप्त गरेर के हुन्छ ? बिद्धान धर्ममित्रहरुलाई यस बारेमा आफ्नो धारणा साझा गर्ने अनुमति चाहन्छु ।

बास्तवमा मेरो साधारण बुझाइ के छ भने, निर्वान भनेको शुन्यता हो । शुन्यता भनेको अस्तित्व बिहिन हुनु हो । अर्थात सुख र दुःखको कुनै अनुभूति नहुनु हो । साँचो अर्थमा भन्नु पर्दा, महासुखमा लिन हुनु हो । महासुखमा लिन भएपछि तृष्णा समाप्त हुन्छ । तृष्णा समाप्त भएपछि जरामरणबाट मुक्त हुन्छ । जन्म नभए पछि उनको मृत्यु पनि हुदैन । त्यसैले भवसागरमा भौतरिन पनि पर्दैन । मैले साधारण भाषामा बुझेको निर्वान यही हो । यहाँहरुले यसलाई कसरी बुझ्नु भएको छ ?

आजभोलि फेरी सुखवती र बुद्धक्षेत्रको कुरा ब्यापक रुपमा चर्चा भएको सुन्नमा आएको छ । कहाँ छ सुखवति र बुद्धक्षेत्र ? कति मानिस सुखवति गएर फर्किए ? कोसंग यसको प्रमाण छ ? यदि कसैसंग पनि सुखवति वा बुद्धक्षेत्र गएको वा गएर आएको प्रमाण छैन भने, यो कुरा सतप्रतिशत सत्य होइन । एकदमै भ्रम र कपोल कल्पित हो । यस्तो मिथ्य, बिज्ञान सम्मत नभएको कुरा बुद्धदर्शनले स्वीकार गर्दैन । किनभने बुद्धदर्शन भनेको सत्य हो । सत्य भनेको बिज्ञान हो । बिज्ञानलाई प्रमाणित गर्नु पर्छ । प्रमाणित गर्न सकिन्छ । सबै बुद्धमार्गीहरुले बिज्ञानको बास्तविकतालाई मनन गर्न आवश्यक छ । अन्याथ स्वर्ग, नर्क, सुखवति, हैवन, प्याराडाइज, प्युरलैन्ड आदि इत्यादिको जस्तै आस्था र बिश्वासको मात्र कुरा हो भने, यो मिथ्यदर्शनको बारेमा मेरा भन्नु केही पनि छैन ।

तथागत शाक्यामुनि गौतम बुद्धले जातकको बारेमा धर्मदेशना गर्नु भएको कुरा महाजातक कथामा उल्लेख भएको पाइन्छ । जातक भनेको जातजातिहरु हुन् । अर्थात बुद्धको हजार जातक भनेका छन् । अर्थात बुद्धले बुद्ध हुनु भन्दा पहिलाको अवस्थामा हजार योनीहरुमा जन्मदेखि जन्म हुदै पुनर्जन्म भएको सत्य कथा उल्लेख भएको पाइन्छ । यसरी महाजातक कथाको बारेमा बुझ्दै जाँदा, जातक योनी कसरी प्राप्त हुन्छ ? कस्ले प्राप्त गर्न सक्दछ ? के कस्तो मापदण्ड अपनाउनु पर्छ ? यसको बिधिबिधान के हुन सक्छ ? यस बारेमा थप अध्ययन हुदैछ ।

यही महाजातक कथालाई मसिनोसंग केलाउदै, प्रयोगशालामा परिक्षण गर्दै जाँदा, पुनर्जन्मको झिल्कोहरु बिभिन्न अवस्थामा प्रशस्तै देख्न पाइन्छ । यिनै झिल्कोहरुको माध्यामबाट अध्ययन गर्दै आउदा, पुनर्जन्मको आधारमा आधारित सामाजिक उपन्यास ‘अवतार’को जन्म भएको देखिन्छ ।

यो भवसागरमा जतिपनि मानिसहरुको जन्म भएका हुन्छन्, ती सबै पुनर्जन्म कै रुपमा आएका हुन्छन् । फरक यति मात्र हो कि, उनले कुन योनीमा जन्म लिन्छन् ? पूर्वस्मृति छन् वा छैनन् ? यदि पूर्वस्मृतिका साथ जन्मेका हुन भने, उनको शारीरिक बिकासका साथसाथै मानसिक बिकास पनि हुन्छन् । मानसिक बिकासका साथसाथै पूर्वस्मृतिका कुराहरु र घटनाक्रमहरुको पनि स्मरण हुदै आउछन् । यसबाट पूर्व जुनिमा उनी को थिए ? कहाँ थिए ? भन्ने कुराको स्मरण हुन्छ ।

पूर्वजन्मको स्मरण कसरी हुन्छ ? कुनकुन अवस्थामा हुन्छ भन्ने बारेमा पनि अनुभव थियो । उनको अनुभवमा अधिकाशं मानिसहरुले पुनर्जन्म लिएकै हुन्छन् । तर, उनको पुनर्जन्म स्मृति शाक्तिमा निर्भर हुन्छ । स्मृति शक्ति भनेको चेतनामा निर्भर रहन्छ । अर्थात हामीहरुले सिधा हिसाबमा कसरी बुझ्नु पर्छ भने, उनको मृत्यु ‘सचेत वा अचेत’ कुन अवस्थामा हुन्छ ? यदि सचेत अवस्थामा मृत्यु भयो भने, उनको त्यो आत्म पनि सचेत हुन्छ । त्यो सचेत आत्मले संकल्पित योनीमा जाने प्रयास गर्छन् । यसरी संकल्पति योनीमा पुनर्जन्म हँदा, पूर्बानु– स्मृतिको लागि उपयुक्त बातावरण भएमा पूर्व जुनिको सम्पूर्ण कुराहरु संझना सजिलो हुन्छ । सुरुसुरुमा केही कुराहरुको मात्र स्मरण भए तापनि अनुकूल बातावरण भएमा एकपछि आर्को स्मरण हुदै जान्छ । किनभने हाम्रो चेतनामा स्मरण र बिस्मरणको पातलो झल्लि हुन्छ । त्यो झल्लि खुल्ला भएपछि बिस्तारै स्मरण गर्न सकिन्छ । तर, झल्लि खुलेन भने स्मरण हुदैन ।

उदाहरणको लागि कहिले कही हामी आफैलाई पनि तत्कालै गर्नु पर्ने वा भन्नु पर्ने अत्यन्तै महत्वपर्ण काम कुराहरु बिस्मरण भैरहेको हुन्छन् । अनि फेरी केही समय पछि अचानक आफै स्मरण हुन्छ वा कसैले केही भनेपछि वा केही संकेत गरेपछि वा पाएपछि झलस्य स्मरण हुन्छ । पुनर्जन्मको सन्दर्भमा पनि सिद्धान्तत यही प्रकया लागु हुन्छ भन्ने कुरा हामीले बुझिराख्नु पर्छ । अहिले म यसै विषयमा अध्ययन र अनुसन्धान गर्ने प्रयास गर्दैछु । *****

124. पुनर्जन्मको आधारमा आधारित
सामाजिक उपन्यास अवतारको परिदृष्यहरुः

१. परिदृष्य एक (कुकोँँलिँम्हार) … 
२. परिदृष्य दुइ (महापरिवार) …
३. परिदृष्य तीन (बसाइँ सराइ) …
४. परिदृष्य चार (तक्लकोटको घाँटी) …
५. परिदृष्य पाँच (सफुँती न्हेँस ) … 
६. परिदृष्य छ (सह-अस्तित्व) …
७. परिदृष्य सात (लयाँको प्रेम प्रशंग) …
८. परिदृष्य आठ (राज्याभिषेक) …
९. परिदृष्य नौ (नयाँ राज्य व्यवस्था) …

१०. परिदृष्य दश (दोर्जे भोटेसंग युद्ध) …
११. परिदृष्य एघार (नो च्यनको उदय) …
१२. परिदृष्य बाह्र (ठिनी राज्यमा महामारी) …
१३. परिदृष्य तेह्र (राजा नोच्यनको बिबाह) …
१४. परिदृष्य चौध (अजिमो फजिमो माथी बिजय) …
१५. परिदृष्य पन्ध्र (आदिम ख्होलसोँथर) …
१६. परिदृष्य सोह्र (चिमिविडुलाई श्राप) …
१७. परिदृष्य सत्र (ख्होलसोँथरको इतिहास) …
१८. परिदृष्य अठार (कोँरुँबको महायज्ञ) …

१९. परिदृष्य उन्नाइस (कोटमा महायुद्ध) …
२०. परिदृष्य बिस (घले राजाको उदय) …
२१. परिदृष्य एक्काइस (घले राजाको पतन) …
२२. परिदृष्य बाइस (घाँटुको उत्पति) …
२३. परिदृष्य तेइस (सामाजिक सचेतना) …
२४. परिदृष्य चौबिस (पहिचानको सवाल) …

२५. पदिृष्य पच्चिस (मौलिक अधिकार) …
२६. परिदृष्य छब्बिस (बद्रिमानको अवतार) …
२७. परिदृष्य सत्ताइस (लमहरुको छलफल) …
२८. परिदृष्य अट्ठाइस् (बालाजुमा बनभोज) …
२९. परिदृष्य उनन्तिस (लमचुँ महसभा) …

Last update on December 20, 2023.