156. Himali Bajrayani Ume Sahitya (Tamuthenchhyoe)

156. हिमाली बज्रयानी उमे साहित्य (तमूत्हेँक्ष्योए):

यो हस्तलिखित हिमाली बज्रयानी उमे साहित्य अत्यन्तै अमुल्य रहको छ । यो साहित्य कास्मिरदेखि लेह, लद्धख, माथिल्लो डोल्पा, मुस्ताङ, मनाङ, नारफु, लार्के भोटदेखि सिक्किम र भूटानसम्मको हिमाली क्षेत्रमा प्रचलनमा रहेको पाइन्न्छ । यो ग्रन्थ हस्तलिखित भएकोले, ब्याकरणको दृष्टिकोणबाट कतिपय त्रुटिहरु रहेको हुन सक्दछ । तर परम्परादेखि यही ग्रन्थ चलिआएको छ । यसलाई गुरुङ भाषामा (तमूत्हेँक्ष्योए) भन्दछ ।

हिमाली क्षेत्रबाट बसाइँ सराइ गर्दै तल्लो भागमा झरेका थकाली, तामाङ, शेर्पा, भोटिया र गुरुङ जातिमा पनि यही उमे साहित्यको परम्परा रहेको पाइन्छ । गुरुङ समुदायको पुरेत लम वा लामाहरुले पढने यो ग्रन्थलाई गुरुङ भाषामा ‘तमूत्हेँक्ष्योए’ भन्दछ । अहिले नयाँ छापे उचेनको प्रचलन बढि हुन थालेकाले पुरानो ग्रन्थहरु लोपोन्मुख अवस्थामा रहेको देखिन्छ । त्यसैले, यस् ग्रन्थको आसय र सूत्र के हो ? बुझ्न आवश्यक भएकोले यसको संकलन, संरक्षण र अनुवाद गर्ने कार्यको अभियान गरिएको हो ।

यो उमे ग्रन्थ ‘तमूत्हेँक्ष्योए’ ४१५ पानाको छ । यसलाई लमजुङ बाह्रथर हिलेटक्सर निवासी खेन्पो चोक बहादुर चैबरलेम गुरुङज्यूले फोटोकपि सौजन्य गर्नु भएको छ । यो उमे ग्रन्थ बौद्ध निवासी आचार्य जामयाम कुंग र अमेरिका निवासी खेन्पो बसन्त गुरुङले अनुवाद गर्ने कार्यको संयोजन गरिरहनु भएको छ । आशा राखौं अब छिटै अनुवाद हुनेछ । यो ४१५ पानाको ‘तमूत्हेँक्ष्योए’मा १४ भागमा रहेको छ । उमे साहित्यमा पारंगत भएका लम, लामा, आनी, आचार्य, कल्याणमित्र, उपासक र उपासिकाहरुको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्दै लगिने छ । खेन्पो चोक बहादुर चैबरलेम गुरुङको आशिर बचनले सबैको कल्यान होस् ।

यस भित्रको सूचीहरुः
1. ख्वासि महायज्ञ ४० पेज …
2. तना-थोसौं-१४-पेज …
3. नम्सी-कुल-११-पेज …
4. पाल्दे-लम-२०-पेज …
5. दोर्जे-फुर्व-छ-खु-ह्यो-खु-२२-पेज …
6. तना-ख्होसोम-१६-पेज …
7. गुरु-रिहीम्बोरक्षे-सोलवेब-८-पेज …
8. फोवा-६-पेज …
9. दोर्जे-फुर्व-रि.ने-नम्सी-खुवा-११-पेज …
10. दोर्जे-फुर्व-रि.छये-३५-पेज …
11. धुज्चे-छेन्बो-ढोवा-कुन्डल-२६-पेज …
12. दोर्जे-फुर्ब-सिम्क्यू-मैले-६१-पेज …
13. दोर्जे-फुर्व-छयेरॅ-१६-पेज …
14. दोर्जे फुर्ब छयेरों १२९ पेज …

To be continue …