144. ब्रतबन्ध संस्कार:
यो ब्रतबन्ध संस्कार नेपालीहरुको महत्वपूर्ण संस्कार हो । सबै धर्म, जात, जाति र समूदायले ब्रतवन्ध संस्कार गरेकै हुन्छन् । खालि भाषा र संस्कारमा मात्र फरक हो । गुरुङ भाषामा (क्ष्यवर) भन्दछ । यो ब्रतवन्ध वा चुडाकर्म संस्कार (क्ष्यवर) छोराको हकमा तेश्रो संस्कार हो । ब्रतवन्ध (क्ष्यवर) छोराको मात्र गरिन्छ । छोरा तीन वा पाँच वर्ष पुगेपछि बिजोर वर्षमा राम्रो दिनवार पारेर आफ्नो मावलीले कपाल काटी दिने क्रियालाई (क्ष्यवर) भन्दछ ।
यो (क्ष्यवर) कर्म गर्दा बाख्रालाई घाँस हाल्न बनाउने टाट्नो जस्तो बनाएर टाट्नोमा मुश्रेकटुसको घाँस हलेर घाँटीमा दाम्लोले बाँधेर कपाल काटी दिन्छन् । मामाले कपाल काटी सकेपछि दाम्लो फुकाएर, अब तिमी ठुलो भइसक्यो, तिम्रो हातबाट पनि भातपानी चल्ने र पूजाआजा चल्छ भनेर टोपी लगाइ दिन्छ । त्यसपछि आमा बाबा र परिवारजनले रिपु लगाइदिइ स्याइ स्याइ गरी दीर्घायुको शुभआशिक दिन्छन् । गुरुङ संस्कारमा (क्ष्यवर) र हिन्दु संस्कारमा चुडाकर्म वा ब्रतवन्ध गर्ने क्रिया एउटै हो । यो (क्ष्यवर) संस्कार गर्ने बेलमा मावलीहरु, भाइबन्धुहरु, छोरी चेलीहरु र इष्टमित्रहरुलाई आमन्त्रण गरी भोजभतेर खाइ रमाइलो नाचगान गरी मनाउँने चलन छ । पुरोहितबाट बुद्धबचनमा आधारित सूत्रपाठ गरिन्छ ।
Read more … 144. Bratbandh Sanskar Pooja...

